Aamsanchar

हिजो अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज घट्यो

Author Image
शुक्रवार, माघ १३, २०७९

काठमाण्डाै – हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ।

पछिल्लो अवस्थालाई हेर्दा भने भाउ बढ्न सक्ने अनुमान रहेको महासङ्घले जनाएकाे छ । अन्य क्षेत्रको लगानी सुरक्षित नहुँदा विश्व बजारमा अहिले सुनमा लगानी बढ्दै गएको छ । यसले गर्दा भाउ बढिरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१