Aamsanchar

बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम सुरु

Author Image
शनिवार, माघ १४, २०७९

बिर्तामोड । बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम आज देखि सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा विराट बहुउद्देश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो ।

तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले ब्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । तालिममा बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाहरूबाट ६० जना सहभागि छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेको सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिनु भयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईँले सहकारीमा देखिएका समस्याहरुलाई हल गर्दै व्यवस्थित गरेर लैजानु पर्ने बताउनु भयो । सहकारीलाई थप बलियो बनाउने विषयमा तालिम महत्वपूर्ण रहेकाले राम्रो सिक्न सहभागीहरूलाई उहाँले आग्रह गर्नु भयो । 

तालिम उद्घाटन कार्यक्रममा  विराट बहुउद्देश्य सहकारी संस्थाका प्रबन्ध निर्देशक रुद्र सिटौला, सञ्चालक समिति सदस्य अर्जुन पाठकको उपस्थिति रहेको थियो  । कार्यक्रम सामाजिक विकास शाखाकी संयोजक, कार्यपालिका सदस्य यमुना आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल र सूचना प्रविधि अधिकृत जयराम चौलागाइँले प्रशिक्षण प्रदान गर्नु हुनेछ । बिर्तामोड नगरपालिकाले सहकारीका विभिन्न विषयमा तालिम तथा कार्यक्रमहरू प्रदान गर्दै आएको छ ।

   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१