Aamsanchar

सुरुंगा जेसीजको नयाँ समितिले औपचारिकता पायो, अध्यक्षमा तिम्सिना 

Author Image
शनिवार, माघ १४, २०७९

कनकाई । कनकाई । सुरुंगा जेसीजको १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आज (शनिबार) जेसीज सचिवालय भवनमा आयोजित एक समारोहका बीच बर्ष २०२२ को नेतृत्वसहितका पदाधिकारीहरूले वर्ष २०२३ को टिमलाई पद हस्तान्तरण गरेको हो ।

२०२२ की अध्यक्ष सुस्मा न्यौपाने वर्ष २०२३ का अध्यक्ष प्रविण तिम्सिनालाई आफ्नो पद हस्तान्तरण गरेकी छन । जेसीजको नियम अनुसार अध्यक्षले लगाउने जेसीज चेन २०२२ की अध्यक्ष न्यौपानेको गलाबाट झिकेर नयाँ अध्यक्ष तिम्सिनालाई लगाइएको थियो । पद हस्तान्तरणमा संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया,  पूर्व अध्यक्षहरू कुमारमणी पोखरेल, एलपी उप्रेती, मोतीखर ओझा, शिवकुमार कडेल, जनक कार्की, सरला दाहाल पोखरेल, त्रिलोचन उप्रेती, जविन तिम्सिना, कमल कट्टेल, त्रिलोचन उप्रेतीलगायतले सहजीकरण गरेका थिए ।

निर्वाचन आयुक्त पूर्व अध्यक्ष उषा उप्रेतीले अध्यक्ष प्रविण तिम्सिनालाई सफल खुवाएकी थिइन ।

नव निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष प्रविण तिम्सिना, कार्यकारी उपाध्यक्ष किशोर दाहाल, ऋृषव सिंह चाहार, उपाध्यक्ष दिपेश तिवारी, निर्मला खड्का, सपना गिरी, पूर्ण श्रेष्ठ र जनसम्पर्क अधिकारी सुजाता सिटौला ओली रहेका छन् । अध्यक्ष तिम्सिनाले मनोनित गरेको पदाधिकारी संयोजकहरूमा महासचिव दिपेन्द्र प्रधान, कानुनी सल्लाहकार दुर्गाप्रसाद पाठक, कोषाध्यक्ष मेनुका उप्रेती, सचिव विवेक शिवाकोटी त्यस्तै संयोजकहरु मा तालिम मुक्ता कार्की, खेलकुद भीम राजवंशी, सप्ताह रोहित कोइराला, व्यापार प्रतापबाबु कट्टेल, शिक्षा प्रफुल्ल पोखरेल, संघसंस्था विमान लामा, वातावरण कोमल न्यौपानेले पनि पदभार ग्रहण गरेका छन् ।

तिन सदस्य अध्यक्ष सल्लाहकार समिति पनि चयन गरिएको छ । समितिको संयोजकमा शिवकुमार कडेल, सदस्यमा सरला दाहाल पोखरेल, सोम उप्रेती रहेका छन् । त्यस्तै अध्यक्ष तिम्सिनाले अध्यक्ष सहयोगी समिति पनि गठन गरेका छन । अध्यक्ष सहयोग समितिमा केपी लुँइटेल, राजकुमार कट्टेल, टिकाराम भण्डारी रहेका छन् ।

सुस्मा न्यौपानेको अध्यक्षतामा आयोजित पद हस्तान्तरण कार्यक्रममा  प्रदेश १ का मुख्य मन्त्री हिक्मत कार्कीको  प्रमुख आतिथ्यता रहेको थियो ।

वर्ष २०२२ की अध्यक्ष न्यौपानेले चार जनालाई वर्ष उत्कृष्ट जेसीज अवार्ड प्रदान गरेकी छन् । सक्रिय जेसी मेनुका उप्रेती, वातावरण संयोजक पुष्प श्रेष्ठ, तट तालिम संयोजक ऋृषव सिंह चाहार र वर्ष उत्कृष्ट जेसीज अवार्ड दुर्गाप्रसाद पाठकले प्राप्त गरेका छन् ।

कार्यक्रममा वर्ष उत्कृष्ट नागरिक सम्मान झापा बिर्तामोड –१ निवासी अधिवक्ता तथा समाजसेवी कोपिला बस्नेतलाई प्रदान गरिएको छ ।

समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री हिक्मत कार्की, विशेष अतिथिहरू सांसद एलपी साँवा, पूर्व प्रदेश मन्त्री हिराकुमार थापा, कनकाई नगर प्रमुख  राजेन्द्रकुमार पोखरेल, उत्कृष्ट नागरिक सम्मानद्वारा सम्मानित कोपिला बस्नेत, सुरुंगा जेसीज संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया, पूर्व अध्यक्ष सरला दाहाल पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पद हस्तान्तरण समारोहका संयोजक राजकुमार कट्टेलले स्वागत,  राजु पाठक र मेनुका उप्रेतीले कार्यक्रमको सञ्चालन, सारिका गिरीले आस्था वाचन र पूर्ण श्रेष्ठले जेसीज मिशन भिजन वाचन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर