Aamsanchar

श्रीमतीलाई लात्तीले हानेर हत्या गर्ने अर्जुनधाराका एक व्यक्ति पक्राउ 

Author Image
आइतवार, माघ १५, २०७९

झापा । झापाको अर्जुनधारा नगरपालिका–९ मा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–९ मा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका–१ भोजपुरका ३५ वर्षे बिश्वराज घिसिङ रहेका छन ।

घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा तात्तिले पेटमा हानेका थिए ।

श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृत्यु भएको थियो । लात्ति हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर