Aamsanchar

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला पार्टी कार्यालयबाट टिभी चोरी

Author Image
आइतवार, माघ १५, २०७९

भक्तपुर : भक्तपुरको सल्लाघारीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला पार्टी कार्यालयमा चोरी भएको छ। पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान (अन्दाजी मूल्य ३६ हजार) बराबरको चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ।

भक्तपुर नगरपालिका-१ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोस्रो तल्लामा रहेको कार्यालयबाट चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए।

पार्टी कार्यालयको तीनवटा कोठाहरूका ताला फोडी चोरी भएको पाइएको उनले बताए। उनका अनुसार रातको समयमा मुल ढोका खुला रहेको थियो।

उक्त स्थानमा महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर