Aamsanchar

कनकाई नगरमा लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

Author Image
आइतवार, माघ १५, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा रुपैयाँमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए  । 

 नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ घरपरिवारलाई आधा पैसामा स्वास्थ्य बिमा गर्ने लक्ष्यले आइतबार ९आज० कनकाई वडा नम्बर ६ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो 

दुई वर्ष अघि कोरोना कहरका कारण प्रभावित नगरवासी हरूलाई अहिलेसम्म नै  निशुल्क अक्सिजन समेत उपलब्ध गराउँदै आएको  प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए। 

स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत वडा नम्बर ६ का १४ टोलका २८ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५० घरपरिवारलाई स्वास्थ्य बिमाको आधा शुल्कमा बिमा गर्न शुरु गरिएको प्रशासन प्रमुख विवेक भण्डारीले बताए। 

कनकाई –६ का वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य र नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल,  नारायणप्रसाद अधिकारी लगायतले आ–आफ्नो   धारणा राखेका थिए।               

कार्यक्रमको औचित्यमाथि प्रकाश वडाध्यक्ष थापाले पारेको कार्यक्रममा स्वागत वडा सदस्य कुमारी द्रौपदा गौतम आचार्यले गरेकी थिइन भने  सञ्चालन कर्मचारी फडिन्द्र गिरीले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर