Aamsanchar

बाल सुबोधनीको बार्षिकोत्सवमा विविध कार्यक्रम 

Author Image
आइतवार, माघ १५, २०७९

मेचीनगर। झापाको बाल सुबोधिनी माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवका विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।  मेची नगरपालिका वडा नम्बर–१४ मा रहेको बिद्यालयले आइतबार  विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले बिद्यालयको संरचनात्मक र गुणस्तरीय बिकासका लागि आफ्नो तर्फबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन  ।

कार्यक्रममा प्रदेश सांसद सविना बजगाँई, मेची नगरपालिकाका उपप्रमुख मिना पोखरेल र मेचीनगर–१४ का वडा अध्यक्ष बाबुलाल सुब्बाले नमूना बिद्यालयको रुपमा चिनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताए ।  ।

वार्षिकोत्सव मा मेचीनगर नगरपालिकाका शिक्षा शाखाका लक्ष्मी दाहाल, मेचीनगर–१४ का वडा सदस्य लालमहम्त मिया, वडा सदस्य दिपक सुवेदी, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल, शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, महासंघ मेचीनगरका अध्यक्ष एवम् सहिद दशरथ चन्द माविका प्रधानध्यापक लेखनाथ पौडेल, स्थानीय राजनीतिक दलका प्रमुखहरू, संघ संस्थाका प्रतिनिधिहरू, अक्षयकोष दाता, विद्यालयका शिक्षकलगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयले विभिन्न विधामा सम्मान गरेको छ । सम्मानित हुनेहरूमा हरिप्रसाद, लोकमाया, भगिरथ स्मृति अक्षयकोषका स्थापकहरू  भोला सुवेदी, चुडामणि सुवेदी, कृष्ण सुवेदी, वर्ष उत्कृष्ट शिक्षकहरू   देविभक्त तिम्सिना, अनिता भट्टराई , पुष्पा खतिवडा, वर्ष उत्कृष्ट कर्मचारी भवानी गुरागाँई, एसीई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने  विद्यार्थीहरू निरूता राजवंशी, श्रेया काफ्ले, सोनिया दाहालसहित उत्कृष्ट अभिभावकसमेत लाई सम्मान गरिएको  प्रधानाध्यापक थापाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनिलाल राजवंशीको अध्यक्षतामा आयोजित बार्षिकोत्सव मा स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले गरेका थिए भने  कार्यक्रमको सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर