Aamsanchar

कनकाई नगरले पनि शहीद हरूलाई सम्झियो

Author Image
सोमवार, माघ १६, २०७९

कनकाई । आज देशैभरी विभिन्न कार्यक्रम आयोजना गरिएर शहीदहरुलाई सम्झने काम भएको छ । त्यस्तै झापाको कनकाई नगरपालिकाले पनि औपचारिक  कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा आज कनकाई नगरमा शहीद दिवस मनाइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा शहीदहरूको तस्बिरमा फुल अबिर द्वारा माल्यार्पण गरिएको थियो । त्यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बाको टोलीले सलामी अर्पण समेत गरेको थियो । कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्षहरू वडा न १ शुसिल कुमार पोख्रेल , ३ का अध्यक्ष युवराज चौलागाईं , ४ का अध्यक्ष रोशन सुवेदी , ५ का अध्यक्ष कृष्ण बहादुर राई , ७ का अध्यक्ष भीष्म भुषण सिटौला , ८ का अध्यक्ष लिला बहादुर कटुवाल विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि , कार्यपालिका सदस्य, अन्य वडा सदस्य, टोल विकास संस्थाका पदाधिकारी, नगर कर्मचारीमा प्रशासन शाखाका प्रमुख विवेक भण्डारी, जिन्सी शाखाका प्रमुख भोज राज आचार्य, लेखा शाखा प्रमुख दुर्गा खड्का, कर्मचारी विजय पाठक , वडा न १ वडा सदस्य निर्मला खड्का ,हरि कुमार राई दल बहादुर थापा लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको हो।

प्रत्यक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो कार्यक्रमका सहभागीहरूले राखेका थिए। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेपनि प्रतिबद्धतामा नै सीमित हुने तर कार्यन्वयनमा भने लागू नभएको वडा न १ का अध्यक्ष शुसिलकुमार पोख्रेलले चिन्ता व्यक्त गरेका छन ।

स्वतन्त्रताको माग गर्दा वि।सं ।१९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ८ का अध्यक्ष लिलाबहादुर कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारी गर्नुभएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)