Aamsanchar

‘एम्बिसन युवा साधना सम्मान’द्वारा मेमोरी किङ्ग अर्पण शर्मा सम्मानित

Author Image
शुक्रवार, माघ २०, २०७९

बुद्धशान्ति । तेज स्मरण शक्तिका विश्व किर्तिमानी ९मेमोरी किङ० अर्पण शर्मा आज ‘एम्बिसन युवा साधना सम्मान २०७९’बाट सम्मानित भएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका २ जयपुर स्थित एम्बिसन एकेडमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा योगदान दिने युवाहरुलाई सम्मान गर्ने हेतुले यसै वर्षबाट ‘एम्बिसन युवा साधना सम्मान’ स्थापना भएको हो, यो वर्षको सम्मान अर्पण शर्मालाई गर्न पाउँदा गौरव महसुस गरेको व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाले बताए।

तारा सिटौलाको सभापतित्वमा आयोजित कार्यक्रमा प्रमुख अथिति बुद्धाशान्ति गाउँ पालिकाका प्रमुख मनोज प्रसाईको रहेको थियो ।

प्रमुख अथिति मनोज प्रसाईले बुद्धशान्तिको सैक्षिक गुणस्तर उकास्न एम्बिसन एकेडमिले खेलेको भूमिकाको प्रसंसा गर्दै विश्वकृतिमानी अर्पण शर्मा लाई सम्मान गरेर सिङ्गो गाउँ पालिकालाई गौरव महसुस गराएकोमा एम्बिसन परिवारलाई धन्यवाद दिए। साथै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताका लागि प्रसाईले शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँ पालिका वडा नं १ का वडाअध्यक्ष अनिल वाग्लेले शिक्षा सिकाई समाज रुपान्तरणका लागि हुनु पर्नेमा जोड दिँदै भने ‘हाम्रो शिक्षा प्रणाली प्रतक्ष समाजमा जोडीनु पर्छ, त्यसको थालनी हामीले गर्नुपर्छ ।’

त्यस्तै बुधबारे जेसिस का पुर्व अध्यक्ष नन्दु राईले स्कुलले विधार्थीहरुलाई यसरि अतिरिक्त क्रियाकलापमा सहभागी गराएर उदारणीय कामको थालनी गरिएमा खुशी व्यत गर्दै सम्मानित अर्पण शर्मालाई नजिकै बाट नियाल्न पाउँदा हर्सित भएको बताए ।

विशेष अतिथि लेखक तथा साहित्यकार कृष्ण उदासीले भने ‘सम्मानित व्यक्तित्व अर्पण शर्मा अन्तराष्ट्रिय स्तरमा नेपाल लाई चिनाउने वीत्रः भएको कुरा उल्लेख गर्दै उनको उपस्थिति नै यस विद्यालयका विद्यार्थी हरूको प्रेरणा हो ।’
उनले भने अहिलेका विद्यार्थीहरूको जीवनभरको भाषाको स्रोत नै अहिले पढ्दै गरेको विद्यालय हो, यही उमेरमा सिकिरहेको ज्ञान नै उनीहरूको जीवनको आधार हो, त्यसैले उनीहरूले जीवनभर आवश्यक पर्ने आधारभूत सीपहरू पनि विधइँलयबाट सिक्न जरुरी छ र यो काम एम्बिसन एकेडेमीले गरेको देखेर बहुत खुशी लागेको छ ।

सम्मानित व्यक्तित्व अर्पण शर्माले कार्यक्रममा बोल्दै स्मरण शक्तिलाई तेज बनाउनका लागि पारिवारिक आचरण र खानपानले समेत प्रभाव पार्ने हुँदा यी सबै कुरामा व्यवस्थित र नियमित गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । साथै औपचारिक कार्यक्रमको समापनपछि विद्यार्थी भाइ बहिनी हरुसंग परिचयात्मक कार्यक्रम गर्दै स्मरण शक्तिको बारेमा बिभिध उपयोगी जानकारी दिनुभएको थियो ।

साथै विद्यालयका अभिभावक विष्णु धितालले कार्यक्रममा बोल्दै विद्यार्थीका अभिभावकहरुले पनि विद्यालयले संचालन गरेका राम्रा गतिविधिलाई सफल बनाउन अभिभावक रचनात्मक भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्ना कलाहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रम एम्बिसन एकेडमीको प्राङ्गडमा भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 438

प्रतिक्रिया (०)