Aamsanchar

मेचीनगरमा करीब ३५ वर्ष अघिदेखिको विवाद समाधानकालागि प्रक्रिया शुरू

Author Image
शुक्रवार, माघ २०, २०७९


मेचीनगर । करीब साढे ३ दशक अघिदेखिको दुईपक्षबीचको विवाद समाधानकालागि मेचीनगर नगरपालिका र प्राकृति श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले संयुक्तरूपमा प्रक्रिया शुरू गरेको छ ।

झापाको मेचीनगर नगरपालिका-१५ मा रहेको ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयको खेल मैदान जमिन पर्ने जग्गाधनीबीच झण्डै ३०(३५ वर्षअघिदेखि विवाद छ ।

विवाद समाधानकालागि नगर स्तरीय न्यायिक समिति र प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले प्रक्रिया शुरू गरी पहिलो चरण अन्तर्गत ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयको खेलमैदान जमिन पर्ने जग्गाधनीबीचको विवाद अन्त्यका गर्न खुल्ला छलफलका लागि संयुक्त बैठक गरिएको मेचीनगर नगरपालिका स्तरीय न्यायिक समित संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन सहिद स्मृति प्रतिष्ठान मेचीनगर १५ मा भएको पहिलो चरणको बैठकमा विद्यालय, जग्गाधनी तथा सरोकारवाला सहभागी थिए । वैठक सभ्य र शान्तरूपमा सम्पन्न भएको थियो । प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालकी श्रोत व्यक्ति संगीता थापाका अनुसार वैठकमा सहभागी सवैले खुलेर आ आफ्नो धारणा राखेका थिए । यो खुला छलफल भएको र सहभागी सवैले विवादको मुख्य जड के हो रु कहिलेबाट शुरू भयो रु यसको निराकरणकालागि विगतमा के के प्रयासहरू भए रु अब कसरी विवाद हल गर्ने रु लगायतका विषयमा छलफल केन्द्रीत रहेको थियो ।

जग्गाधनीहरू प्रेमलाल कोईराला,कृष्ण कोईराला,नारद शिवाकोटी,नरेन्द्र पन्तले जग्गा आफ्नो नम्वरी भएको, जग्गाधनी प्रमाणपुर्जा आफ्नो नाममा भएका कारण सित्तैमा विद्यालयलाई दिन नसक्ने धारणा राखेको छलफलमा सहभागी एमाले मेचीनगर सचिवालय सदस्य हरि ढुङ्गानाले जानकारी दिनुभयो । यदि जग्गाधनीहरूलाई केही दिएर चित्त बुझाए आफ्नो नाममा रहेको जग्गा विद्यालयलाई हस्तान्तरण गर्न उहाँहरू तयार रहेको ढुङ्गानाको भनाई छ ।

पहिलो चरणको छलफलबाट सवै पक्षलाई समेटेर माकुरा समूह गठन गरिएको छ । यो समूहले सवैपक्षसँग बसेर घटनाको सत्यतथ्य पत्ता लगाउने छ । निरन्तर काम गरेर टुङ्गोमा पुर्याउने गरी काम शुरू गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)