Aamsanchar

नुवाकोटमा १ सय ३ वर्षीय वृद्धले गरे विवाह

Author Image
शनिवार, माघ २१, २०७९

नुवाकोट : नुवाकोटको चौघडामा एक वृद्धले विवाह गरेका छन्।

लिखु गाउँपालिका-४ चौघडाका १०३ वर्षीय वृद्ध विलप्रसाद पौड्यालले विवाह गरेका हुन्। उनले आफ्ना ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनतीसमेत गरी १०८ जना सन्नतीकै अगाडि विवाह गरेका हुन्।

वृद्ध विलप्रसादले दोस्रो विवाह नभई नेपाली अर्थात् हिन्दू संस्कारअनुसार एक शतक उमेर पार गरेपछि पुर्नविवाह गर्नुपर्ने प्रचलन अनुसार पुर्नविवाह गरेका हुन्।

विलप्रसादले आफ्नै घरमा आयोजित विवाह समारोहमा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा (पौड्याल) सँग पुर्नविवाह गरेका हुन्।

दुवै जनालाई पुरोहित रामशरण खतिवडाले पुर्नविवाह गराइदिएका हुन्। गाउँकै अगुवा वृद्धवृद्धाको पुर्नविवाहले रोचकता सिर्जना गरेको स्थानीय युवा रामचन्द्र अगस्तीको भनाइ छ।

विवाह सकिएपछि गाउँलेहरूलाई बोलाएर बहुभतेर (भोज)समेत खुवाइएको थियो। विसं १९७७ साल साउन १७ गते जन्मेका वृद्ध विलप्रसादले १४ वर्षको उमेरमा दिपकुमारी देवकोटासँग हिन्दू परम्पराअनुसार विवाह गरेका थिए। अहिले दिपकुमारी पनि १०० वर्ष उमेर कटेका कारण पुर्नविवाह गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 654

प्रतिक्रिया (०)

सम्बन्धित खबर