बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल झापा शाखाको २५ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा सम्मान गरिएको हो ।
पत्रकार नेत्र पाठकलाई अभिन्दन पत्र प्रदान गर्दै मुख्यमन्त्री हिक्मत कार्की साथमा प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल । फोटो : बिनोद पाण्डे/आमसंचार
झापाको पत्रकारिता क्षेत्रलाई उचाइमा पुर्याउन योगदान पुर्याएबापत प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गरिएको छ । त्यस्तै झापा जिल्लाका अग्रज पत्रकारहरू नकुल काजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान सम्मान गरिएको हो । पत्रकार माया पकुवाल लाई मरणोपरान्त सम्मान गरिएको छ । अग्रज पत्रकारहरूलाई प्रदेश १ का मुख्य मन्त्री कार्यक्रमका प्रमुख अतिथि हिक्मत कार्कीले सम्मान गरेका हुन ।
पत्रकार नकुल काजीलार्ई सम्मान पत्र प्रदान गर्दै मुख्यमन्त्री हिक्मत कार्की साथमा प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल । फोटो : बिनोद पाण्डे/आमसंचार
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक सन्तोष आचार्यले सम्मानित व्यक्तिहरूले विगत देखि वर्तमान सम्म गरेको योगदानको चर्चा गरेका थिए भने समितिका सदस्य गोपाल काफ्लेले सम्मान पत्र वाचन गरेका थिए ।
पत्रकार केशव आचार्यलार्ई सम्मान पत्र प्रदान गर्दै मुख्यमन्त्री हिक्मत कार्की साथमा प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल । फोटो: बिनोद पाण्डे/आमसंचार
प्रमुख अतिथि मुख्यमन्त्री कार्की, सम्मानित व्यक्तित्व गोविन्दचन्द क्षेत्री, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले मन्तब्य शुभकामना व्यक्त गरेका थिए ।
पत्रकार गोविन्दचन्द्र क्षेत्रीलार्ई सम्मान पत्र प्रदान गर्दै मुख्यमन्त्री हिक्मत कार्की । फोटो : बिनोद पाण्डे/आमसंचार
कार्यक्रममा चौतारीका सचिव प्रकाश दाहालले स्वागत र उपाध्यक्ष प्रदिप परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।
पत्रकार माधव विद्रोहीलार्ई सम्मान पत्र प्रदान गर्दै मुख्यमन्त्री हिक्मत कार्की साथमा प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल । फोटो : बिनोद पाण्डे/आमसंचार
स्व. पत्रकार माया पकुवालको सम्मान ग्रहरण गर्दै छोरी, सम्मान पत्र प्रदान गर्दै मुख्यमन्त्री हिक्मत कार्की, साथमा सम्मानित गोविन्दचन्द्र क्षेत्री । फोटो :बिनोद पाण्डे/आमसंचार