Aamsanchar

झापामा हत्या गरेर खाल्डोमा पुरेको अवस्थामा एक महिलाको शव फेला, हत्या अभियोगमा श्रीमान पक्राउ

Author Image
शनिवार, माघ २१, २०७९

झापा । श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भई झापाको अर्जुनधारा–८ मा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन् । मनोजले श्रीमती ४५ वर्षीया कल्पना पोखरेलको हत्या गरी घरदेखि दुई सय मिटरपर चौरमा खाडल खनेर शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरका अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा खाडल खनेर गाडेका थिए ।

हत्या गरी खाडल खनेर चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फिजाएका थिए । चार दिनदेखि खोजी गर्ने क्रममा शंका लागेर बस्नेतलाई सोधपुछ गर्दा श्रीमतीलाई हत्या गरेर गाडेको उनले स्वीकार गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर