Aamsanchar

काम लगाइदिने प्रलोभनमा पारेर यौनशोषण गरी सीमापार कटाउन खोज्दा…

Author Image
आइतवार, माघ २२, २०७९

विराटनगर – मजदुरी गरेर जीविका चलाउँदै आएकी झापा कन्काई नगरपालिका–४ बस्ने २७ वर्षीया एक महिला र १३ वर्षीया बालिका कामको खोजीमा गत बिहीबार प्रदेश १ को राजधानी विराटनर आइपुगे । विराटनगर आइपुगेपछि ती महिला बालिकालाई सँगै लिएर कामको खोजी गर्दै मुख्यमन्त्री कार्यालय दक्षिणको नहर छेउको मनकामना होटल पुगिन् ।

बेलुकी भइसकेको थियो, फर्कन रकम थिएन । भारतीय नागरिक सुपोल सिम्राही–१३ का ४० वर्षीय बाबु साहब र अररिया नसदगन्ज–१४ का मोहम्मद जाहाँगिरको उनीहरू माथि गिद्धे नजर पर्‍यो । उनीहरूले सोधखोज गर्न थाले । महिलाले दयनीय स्थितिको बेली विस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीयले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरूसँगै हिँड्न भने ।

तर दुवैले भारतीयको प्रस्ताव तत्काल स्विकारेनन् । त्यसपछि भारतीयले ‘साँझ भइसक्यो, तिमीहरूको खाने, बस्ने टुंगो पनि छैन । हामी पनि आज विराटनगरमै होटलमा बस्छौं, तिमीहरू पनि यतै बस । पैसाको चिन्ता नगर,’ भनेर फुस्ल्याए । त्यसपछि ती दुई भारतीयले सिटी रिक्सामा हालेर विराटनगर–१५ रानीस्थित सीमावर्ती क्षेत्रको हिमाल गेस्ट हाउसमा पुर्‍याए । सुत्ने बेलामा बाबु साहबले महिलालाई आफूसँगै र युवतीलाई साथीसँग सुत्ने प्रस्ताव गरे । तर महिलाले अस्विकार्दै आफूहरू छुट्टै सुत्ने अडान राखेपछि बाबु साहबले रिसाउँदै ‘त्यसो भए तिमीहरूको होटल खर्च आफैं तिर’ भनेर खोचे थापे । होटलको खर्च तिर्न सक्ने सामर्थ्य नभएकी महिलाले भारतीयको प्रस्ताव नकार्न सकिनन् । तर उनले बालिकालाई भने छुट्टै कोठामा एक्लै सुताउन भने सफल भएकी थिइन् । उनले बालिकालाई ‘राति कसैले बहिरबाट ढोका ढकढक्याए नखोल्नू’ पनि भनिन् । पीडितका अनुसार जाहाँगिरले राति बालिका सुतेको कोठाको ढोका ढकढक्याए पनि । बालिकाले नखोलेपछि ऊ आफ्नै कोठामा सुत्यो । बाबु साहबले भने ती महिलालाई राति बाध्य पारेर पटकपटक करणी गर्‍यो ।

भोलिपल्ट बिहान सबै खर्च भारतीयले तिरेर चारै जना होटलबाट निस्के । उनीहरूले ती महिला र बालिकालाई भारतमा लगेर राम्रो जागिर लगाइदिने भन्दै नाका छिराउन खोजे । तर नाका कटाउनै लागेका बेला इलाका प्रहरी रानीका प्रहरीको केरकारमा उनीहरू पक्राउ परे । प्रहरीले दुवै भारतीयलाई मानव बेचबिखन तथा जबर्जस्ती करणीमा मुद्दा दर्ता गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकारी इप्रका रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा ती महिला र बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबर्जस्ती करणी गरेको, भारत पुर्‍याएर आफैं उपयोग गर्ने र पछि कोठीमा बिक्री गर्ने नियत रहेको पाइएको छ । उनले भने, ‘यसबारेमा थप अनुसन्धान भइरहेको छ ।’

बेलुकी भइसकेको थियो, फर्कन रकम थिएन । भारतीय नागरिक सुपोल सिम्राही–१३ का ४० वर्षीय बाबु साहब र अररिया नसदगन्ज–१४ का मोहम्मद जाहाँगिरको उनीहरू माथि गिद्धे नजर पर्‍यो । उनीहरूले सोधखोज गर्न थाले । महिलाले दयनीय स्थितिको बेली विस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीयले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरूसँगै हिँड्न भने ।

तर दुवैले भारतीयको प्रस्ताव तत्काल स्विकारेनन् । त्यसपछि भारतीयले ‘साँझ भइसक्यो, तिमीहरूको खाने, बस्ने टुंगो पनि छैन । हामी पनि आज विराटनगरमै होटलमा बस्छौं, तिमीहरू पनि यतै बस । पैसाको चिन्ता नगर,’ भनेर फुस्ल्याए । त्यसपछि ती दुई भारतीयले सिटी रिक्सामा हालेर विराटनगर–१५ रानीस्थित सीमावर्ती क्षेत्रको हिमाल गेस्ट हाउसमा पुर्‍याए । सुत्ने बेलामा बाबु साहबले महिलालाई आफूसँगै र युवतीलाई साथीसँग सुत्ने प्रस्ताव गरे । तर महिलाले अस्विकार्दै आफूहरू छुट्टै सुत्ने अडान राखेपछि बाबु साहबले रिसाउँदै ‘त्यसो भए तिमीहरूको होटल खर्च आफैं तिर’ भनेर खोचे थापे । होटलको खर्च तिर्न सक्ने सामर्थ्य नभएकी महिलाले भारतीयको प्रस्ताव नकार्न सकिनन् । तर उनले बालिकालाई भने छुट्टै कोठामा एक्लै सुताउन भने सफल भएकी थिइन् । उनले बालिकालाई ‘राति कसैले बहिरबाट ढोका ढकढक्याए नखोल्नू’ पनि भनिन् । पीडितका अनुसार जाहाँगिरले राति बालिका सुतेको कोठाको ढोका ढकढक्याए पनि । बालिकाले नखोलेपछि ऊ आफ्नै कोठामा सुत्यो । बाबु साहबले भने ती महिलालाई राति बाध्य पारेर पटकपटक करणी गर्‍यो ।

भोलिपल्ट बिहान सबै खर्च भारतीयले तिरेर चारै जना होटलबाट निस्के । उनीहरूले ती महिला र बालिकालाई भारतमा लगेर राम्रो जागिर लगाइदिने भन्दै नाका छिराउन खोजे । तर नाका कटाउनै लागेका बेला इलाका प्रहरी रानीका प्रहरीको केरकारमा उनीहरू पक्राउ परे । प्रहरीले दुवै भारतीयलाई मानव बेचबिखन तथा जबर्जस्ती करणीमा मुद्दा दर्ता गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकारी इप्रका रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा ती महिला र बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबर्जस्ती करणी गरेको, भारत पुर्‍याएर आफैं उपयोग गर्ने र पछि कोठीमा बिक्री गर्ने नियत रहेको पाइएको छ । उनले भने, ‘यसबारेमा थप अनुसन्धान भइरहेको छ ।’इकान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर