Aamsanchar

कनकाईको सुरुङ्गामा प्रथम  कृषि  मेला आयोजना हुने

Author Image
मङ्गलवार, फागुन ९, २०७९

प्रतिकात्मक तस्वीर ।

 झापाको  कनकाई नगरपालिका –३ सुरुङ्गामा   भोलि (बुधबार) प्रथम  कृषि  मेला लाग्ने भएको छ।  कृषकहरूले कसरी बढी भन्दा बढी कृषि सामाग्री उत्पादन बजारीकरण गराउने उद्देश्य का साथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर  कृषि शाखाका प्रमुख यदुनाथ  उप्रेतीले जानकारी दिए ।                                             

कृषि प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। निर्माणधीन नयाँ कृषि बजारमा आयोजना हुने मेला कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा  कृषि मेला प्रदर्शनी हुने कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताए । 

मेलामा कृषकहरूले उत्पादन  गरेका तरकारी बाली, अन्य अन्न पात, तयारी अचार, मह गरि १७ प्रकारका सामाग्रीका साथै   लोपोन्मुख कृषि औजार ९ मदानी , ढिकी ( जातो ,हलो ( जुवा   लगायतका सामग्रीको पनि प्रदर्शनी रहने  कारितास नेपालका कृषि प्राविधिक टंक प्रसाद कट्टेलले बताए । उनले भने ‘कृषि मेलामा आईपीएम खेती प्रवर्द्धनलाई कसरी उत्पादन मुखी बनाउन सकिन्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखिने  कृषि महोत्सव आयोजना गरिएको हो ।’ 

मेलामा अलग्गै २१ वटा स्टलको व्यवस्थापन गरिएको छ । विभिन्न विधामा प्रतियोगितात्मक सहित ४० जना बढी कृषकहरूलाई पुरस्कारको व्यवस्थापन  गरिएको   बताइएको छ । 

  मेलामा नगरका साथै जिल्ला र जिल्ला बाहिर इलाम र मोरङका  कृषक समूह, विभिन्न फर्म तथा उत्पादक अगुवा कृषकहरूको सहभागिता रहने छ ।   मेलामा सहभागी कृषक समुहका लागि निशुल्क यातायात तथा स्टल उपलब्ध गराएको  नगरका कर्मचारी विजय पाठकले जानकारी दिए 

 यता   कृषि प्रर्दशनी मेलालाई सफल पार्न नगरवासीलाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले आग्रह गरेका छन्।  नेपाल  कृषि प्रदान देश भएकाले  आफूहरूले उत्पादन गरेका सामाग्री मेलामा प्रदर्शनमा राखी उत्पादित सामाग्रीको प्रचारप्रसार गरि कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने भन्ने कुराको कृषि विज्ञसँग जानकारी लिन नगर वासीलाई नगर प्रमुख  पोख्रेलले  आग्रह समेत गरेका छन्  ।
नगर प्रमुख पोख्रेलले बढीभन्दा बढी नगरवासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरवासीको कृषि तथा पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएर लागेको बताएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (१)

सम्बन्धित खबर