Aamsanchar

समान अधिकारको माग राख्दै वन समितिको साधारण सभा अवरुद्ध 

Author Image
बुधवार, फागुन १०, २०७९

मेचीनगर । वनका उपभोक्तालाई समान व्यवहारको माग गर्दै संघर्षरत संघर्ष समितिले झापाको मेचीनगर-१३ को हातेमालो  सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभामा बुधबार जुलुस लगाएका छन् ।
वन नियमविपरीत हातेमालो बनका उपभोक्तालाई ‘क’ र ‘ख’ वर्गमा राखेर बिभेद गरेको भन्दै समान अधिकारको गरेको माग राख्दै साधारण सभास्थलमै जुलुस लगाएका हुन् ।
वन समितिले उपभोक्तालाई दुई भागमा वर्गीकरण गरि काठ(दाउरा उपभोग गर्दा फरकफरक नियम लगाउदै आएको छ । काठ(दाउरा बितरण गर्दा बिभेद गर्दै बितरण गर्दैआएको छ भने, ूखू का उपभोक्ताले वनको कार्यसमितिमा उम्मेदवारी दिन नपाउने नियम लगाउदै आएको छ ।

वनका आधा सदस्यले समानताको माग राख्दै आन्दोलनकै समयमा वर्तमान कार्यसमितिले भने वनको साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको छ । एकातिर आफ्ना मागको सम्बोधन गर्न आग्रह गर्दै प्ले( कार्डसहितको संघर्ष समितिले नारा-जुलुसमा थियो भने अर्कोतिर साधारण सभामा वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले प्रतिवेदन वाचन गर्दै थिए ।

यसअघि वनले चुनावी साधारण सभाको तयारी गरेको थियो । तर, राजनीतिक दल तथा सम्बन्धित सरोकारवालाले सभा स्थगित गरेर सहमति खोज्न आग्रह गरेपछि सभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
पुनः साधारण सभा गर्न भन्दै  वनले सोमबार उपभोक्तालाई जानकारी गराउन माइकिङ गरेको थियो । समस्या समाधान गर्न हिजो मंगलबार मेचीनगरका मेयर, उपमेयरसमेत बसेको वार्तामा वनका समितिकै कारण नमिलेपछि संघर्ष समितिले सभामै विरोध गरेको हो ।सभा बिथोल्ने बुझेपछि वन समितिले सभास्थलमा बाक्लो प्रहरी परिचालन गरेको थियो ।

समान अधिकारको माग राख्दै संघर्ष समितिले वडा र नगरका राजनीतिक दलका प्रतिनिधि, जिल्ला वन पदाधिकारी, वडाध्यक्ष र जिल्ला डिभिजन वन कार्यालयका पदाधिकारी, प्राकृति द्वन्द्व रूपान्तरण केन्द्र, मेचीनगरका मेयर, उपमेयर, मेचीनगर-१३ र १४ का वडाध्यक्षसमक्ष दर्जनौं पटक बसेको छलफल, वार्ता निश्कर्ष बिहिन बनेको थियो ।
वार्तामा वन समितिले संघर्ष समितिको मागप्रति सुनुवाइ नगरेपछि संघर्ष समिति आन्दोलनमा उत्रेको संयोजक जीवन प्रसाईँले जानकारी दिए । वनका कार्यसमितिले ब्यापक भ्रष्टाचार गरेको समेत प्रसाईँको आरोप छ ।
समान अधिकारका उपभोक्तालाई वन समितिले बिभेद गरेको छ । सबै उपभोक्तालाई एउटै र समान व्यवहारको नियम नबनाएसम्म हामीले संघर्ष जारी राख्छौँ संयोजक प्रसाईँले भने ‘वन सबैको साझा हुनुपर्छ । सबै उपभोक्ताको हितमा हुनुपर्छ । तर, यो समिति  आफूले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्नका लागि सहमतिमा आउन चाहदैन ।’ गत २०७६ साउन ४ गतेदेखि उपभोक्ताको समान अधिकारको माग राख्दै सङ्घर्षका कार्यक्रमअन्तर्गत शान्तिपूर्ण आन्दोलनस्वरूप आज सभास्थलमै विरोध गरेको हो ।

सरकारको नेपाली सेनाले सुरक्षा,संरक्षण गर्दै आएको हातेमालो वन २०६४ सालमा नेपाल सरकारले जिल्ला वन कार्यालयको मातहतमा समुदायलाई संरक्षण र उपभोग गर्ने गरी हस्तान्तरण गरेको थियो।  ८ आवधिक खण्ड रहेको हातेमालो सामुदायिक वन ३ सय ९९ दशमलव ९ हेक्टरमा फैलिएको छ भने २ हजार २ सय घरधुरी उपभोक्ता रहेका छन्   उपभोक्ताले प्रतिक्युट्ल काठ उपभोग गर्दा  ‘क’ का उपभोक्ताले ११ सयमा पाउने र ‘ख’ लाई १५ सय लिइदै आएको छ ।
सबै उपभोकाको अधिकार एउटै हुनुपर्छ, संयोजक जीवन प्रसाईँले भने, ‘उनले हातेमालो वनको क्षेत्राधिकारभित्रका साबिकको दुहागढी गाबिस क्षेत्रका सबै उपभोक्ताको अधिकार समान हुनुपर्छ ।’
समितिले वनमा काठ र दाउरा बितरण गर्दा नेतृत्वले अनियमितता गरेको स्थानीयको आरोप छ । ‘कू वर्गका उपभोक्ताले वनको संरक्षण गर्ने भन्दै काठ-दाउरा चोरी गर्दा पनि अध्यक्षले सेटिङ मिलाउने, मिलमा चिरान गर्दा मिलकै मालिक र कर्मचारीसंग साठगाठ गर्ने गरेकाले अनियमितता बढेको छ भने माग गर्दा पनि काठ-दाउरा नपाएको उपभोक्ताको गुनासो छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर