Aamsanchar

प्रेस सेन्टर झापाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक 

Author Image
शनिवार, फागुन १३, २०७९

झापा । प्रेस सेन्टर नेपाल  झापाको नवौं अधिवेशन सम्पन्न भएको छ । आज (शनिवार) कनकाई नगरपालिका स्थित सुकेडाँगी सामुदायिक वन कार्यालयको सभाहलमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट तिन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिएको छ । पत्रकार राजु पाठकको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । तिन जना उपाध्यक्ष रहने विधान अनुसार  उपाध्यक्षहरूमा हेमप्रकाश अधिकारी, सर्मिला पुरी र सन्तोष शर्मालाई चयन गरिएको छ ।  सचिवमा पुष्प खड्का, कोषाध्यक्ष केशव चापागाईँ, सहसचिवमा सुमित भण्डारी र वीरेन्द्र सुब्बालाई चयन गरिएको छ ।  कार्यसमिति सदस्यहरू टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रत्न बुढाथोकी, बालदिवस लामा, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरिएका प्रेस सेन्टरका लिलाराज झापालीले जानकारी दिए ।

झुलन रेग्मीको अध्यक्षता आयोजित अधिवेशनको उद्घाटन सत्रमा एकीकृत माओवादी केन्द्रका सचिव, पूर्व सञ्चारमन्त्री राम कार्की (पार्थ)को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कार्कीले सम्बोधनको क्रममा भने ‘फेसबुकमा भ्रम र मिथ्या कुरा धेरैजनाले पोष्ट गर्ने गरेका छन् । पत्रकार अब अझ जिम्मेवार पर्नुपर्ने भएको छ । पत्रकार राम्रो नभए समाज राम्रो नहुने, मिडिया जनताको प्रतिपक्ष हुनुपर्नेमा नेता र दलको प्रचारक बनेका छन् । अहिले फेसबुकमा जसले पनि लेख्छन् र उनीहरू आफ्नो भनाई प्रति जिम्मेवार हुदैनन, अनलाइन मिडियाहरू भने जिम्मेवार हुन्छन । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने काम भइरहेको छ । यसमा पत्रकार सचेत हुनुपर्ने धारणा राखेका थिए । नेताको छाला बाक्लो भएको छ, फेसबुकमा लेखिएका कुराले छुदैन, पत्रकारले तथ्यपूर्ण लेख्नुहोस् नेता हल्लिन्छन् ।’


त्यस्तै प्रेस सेन्टर केन्द्रिय उपाध्यक्ष विवेक गौतम, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष विनोद घिमिरे, झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा,   नेपाल प्रेस युनियन केन्द्रिय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठन झापाका उपाध्यक्ष दिलिप थापा, पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराई, फोनिज झापा अध्यक्ष भूमिका सुब्बा, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष शान्ति उपाध्याय घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
खुला सत्रमा स्वागत प्रेस सेन्टर झापाकी उपाध्यक्ष शस्मा कुमाल, र सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (१)

सम्बन्धित खबर