Aamsanchar

कर्मले चिनिएको नाम, उनै सामाजिक अभियन्ता विमला योगीलाई राष्ट्रिय नारी सम्मान 

Author Image
शनिवार, फागुन २७, २०७९

घोराही ।  सामाजिक अभियन्ता विमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको हो ।
वि.स. २०४६ देखी महिला, बालबालिका र युवाहरूको व्यक्तित्व विकास र नेतृत्व विकासकालागि क्रियाशील योगीलाई प्रतिष्ठानले नेपालको मेरुदण्डको रुपमा रहेको आर्थिक क्षेत्र र त्यसलाई विधिसम्मत रूपले व्यवस्थापन गर्ने एवं नागरिकको बचत गर्ने बानीको विकास र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रही आर्थिक विकासको क्षेत्रमा सक्रियतापूर्वक लागेर सेवाभाव र निरन्तरताको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो । सामाजिक कार्यत्रmमा अत्यन्तै निष्ठा र समर्पण का साथ विभिन्न क्षेत्रमा आफूलाई निष्ठापूर्वक नेपाली समाजमा समर्पित गराउँदै आउनुभएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

२०२५ साल वैशाख २२ गते बुवा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जन्मनुभएका योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक हुनुहुन्छ ।  नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संस्थापक अध्यक्ष, महिला संघ दाङका संस्थापक अध्यक्ष भएर जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका योगी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । योगीको पहलमा हाल ६ सय बढि विपन्न, द्धन्द पिडित बालबालिकाहरूलाई निशुल्क शिक्षा लिइरहेका छन् । योगीले ग्रामीण क्षेत्रहरूमा लक्षित गरि व्यक्तिगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्नुभएको छ । उहाँकै पहलमा घोराहीमा हिंसा पिडीत पुनर्स्थापना केन्द्र, कृषकहरुका लागि हरियो बजार सञ्चालनमा रहेका छन् ।
.समाज शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका योगी घोराही खानेपानी तथा सरसफाइ संस्थाको संस्थापक, त्रिभुवन नगर जेसीजको सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, घोराही रक्त सञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर कार्यअनुभव गरिसक्नुभएको छ ।

योगीलाई यसअघि दाङ महिला जेसीजबाट सम्मान, द रेयुकाई नेपालले समाजमा पुर्‍याएको महत्वपूर्ण सहयोग वापत सम्मान, घोराही खानेपानी तथा सरसफाइ संस्था ले घोराही क्षेत्रमा शुद्ध खानेपानी पुर्‍याए वापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सीमान्तकृत तथा विधवा महिलाहरूको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुर्नस्थापना गर्न पु¥याएको योगदान वापत सम्मान गरेको थियो । योगीले अस्टे«लिया, जापान, ईन्डोनेशिसा, भारत, बंगलादेश, फ्रान्स, फिलीपिन्स, मलेशिया, स्विजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसक्नुभएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर