Aamsanchar

होटलबाटै हराइन् आमा , दुई बालबालिका अलपत्र

Author Image
आइतवार, चैत ५, २०७९

धनगढी – कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् ।

अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट उद्धार गरिएको जानकारी दिए ।आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको खुलेको डीएसपी बरालले बताए । तर, उनीहरुलाई होटलमै छोडेर आमा कहाँ गइन् भन्ने खुलेको छैन ।उनकाअनुसार होटलबाट उद्धार गरिएका बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ भने उनीहरुका परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर