Aamsanchar

ट्याक्टर दुर्घटनामा परी २९ वर्षीय युवकको घटनास्थलमै मृत्यु

Author Image
सोमवार, चैत १३, २०७९

जनकपुरधाम : धनुषामा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णु बहादुर फुयाँल रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान ज १ च ३४३७ नम्बरको ट्रयाक्टर लिएर बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाने क्रममा महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। तीव्र गतिमा रहेको सो ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
Views: 1057

प्रतिक्रिया (०)

सम्बन्धित खबर