Aamsanchar

घरमा आगलागी हुँदा जलेर १२ वर्षीया बालिकाको ज्यान गयो, अर्की १० वर्षीया बालिका घाइते

Author Image
बुधवार, चैत १५, २०७९

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गएको छ । अर्की एक बालिका घाइते भएकी छन् । गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजियाको ज्यान गएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ ।

आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो गएराति नै निभाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर