Aamsanchar

जन गायक जीवन शर्मासहित चर्चित १७ जना गायकहरूले बिर्तामोडमा प्रस्तुती दिने

Author Image
बिहिवार, चैत २३, २०७९

बिर्तामोड । वामपन्थी पार्टीहरूलाई एकताको सूत्रमा बाधने उद्देश्यले जनवादी गायकहरूको समूह देशको विभिन्न प्रदेशका शहरहरूमा ‘राष्ट्र को लागि सांगीतिक यात्रा’ कार्यक्रम लिएर कोशी प्रदेशको इलाम र झापा आई पुगेको छ ।
दलीय रूपले समावेशी र स्वतन्त्र गायकहरूको समूह बिर्तामोडमा सांगीतिक कार्यक्रम आयोजना गर्न आइपुगेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

चैत्र २४ गते इलाम र २५ गते बिर्तामोडको सिटी सेन्टरमा जनसंगीत कार्यक्रम आयोजना गरिने कार्यक्रमका सहजकर्ता तथा व्यवस्थापन पक्ष हेर्ने जिम्मा लिएका सुमन सी ले बताए ।

धनगढीबाट यात्रा सुरु गएर हाल सम्म विभिन्न ८ स्थानमा सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेको र ११ औं कार्यक्रम काठमाडौं स्थित प्रज्ञा भवनमा आयोजना गरेर यात्रालाई समापन गरिने बताईएको छ ।

देश आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कटमा परिसकेको छ । यस सङ्कटबाट मुक्तहुन राजनीति दल, जनताहरूले गम्भिर हुनुपर्ने भएको छ । व्यवस्था परिवर्तन गर्नको लागि जन गायकहरुले निकै ठुलो योगदान र बलिदान गरेका छन् । अहिले राज्य सत्ताले जन गायकहरुलाई उपेक्षामा राखेको छ । समाजले पनि हिजोको दिनको जन गायकहरुको योगदानलाई बिस्रिएको छ । यसैगरी राज्य र समाजलाई खबरदारी गर्न जन गायकहरू सांगीतिक यात्रामा निस्किनु परेको कलाकार टोलीका सदस्य वरिष्ठ जनगायक जीवन शर्माको भनाई रहेको छ ।

बामपन्थी दलहरू ५० टुक्रामा विभाजन हुँदा जनताहरू अन्योलमा परे, सबैको समाजवादी मुद्दा रहेको छ । पार्टीको झण्डा पनि एउटै रहेको छ, यसरी झुण्ड झुण्ड विभाजित हुँदा वामपन्थी शक्तिहरू कमजोर हुनुपरेको छ । साना साना टुक्रा पार्टी बनेर समाजवाद आउन सक्दैन, साँच्चै देश र जनताको बारेमा वामपन्थी धारका पार्टीहरू रहेको हो भने एकताको सूत्रमा बाँधिएर देश र जनताको पक्षमा काम गर्नुपर्ने हुन्छ । कलाकारिताको नाममा अहिले विकृति भित्रिएको छ । छाडा अश्लिल शब्द प्रयोग र लाखौ रुपैयाँ खर्च गरेर भाइरल बन्ने हरूले महोत्सव हरुको स्टेज पाउने गरेका छन् । महोत्सवहरूमा कला संस्कृति र जनताको दुख पीडा र सरकारलाई खबरदारी गर्ने जनवादी गायकहरूलाई अवसर नदिएर उपेक्षा गरिएको छ । अब सरकारले नीतिगत रूपले हरेका सांगितक कार्यक्रमलाई अनिवार्य जनवादी गित प्रस्तुत हुने वातावरण तयारी परिनु पर्नेमा पत्रकार भेटघाट कार्यक्रमका सञ्चलक तथा गीतकार चिरन सी ले जोडदिए ।

‘राष्ट्र को लागि सांगीतिक यात्रा’ मा वरिष्ठ जनगायक तथा सर्जकहरु जीवन शर्मा, उदय श्रेष्ठ,  ओम श्रेष्ठ, गायक गीतकारहरु चिरन सी, नारयाण शर्मा, मोहित श्रेष्ठ, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन त्यसैगरी लक्ष्मण पाख्रीन, अनु शर्मा, रुनेहा गौतम, डम्ब। भण्डारी, रेश्मी बुढामगर, लक्ष्मी केसी र कुवेर सी निस्किएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर