Aamsanchar

यी हुन् गर्भावस्थामा ध्यान पुर्‍याउनैपर्ने ६ महत्त्वपूर्ण कुरा

Author Image
सोमवार, चैत २७, २०७९

गर्भावस्थामा महिलालाई त्यसअघि नदेखिएका विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । नियमित चिकित्सकको सल्लाहसँगै गर्भवतीले घरमै रहँदा पनि यो अवस्थामा विशेष ध्यान दिनुपर्छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार गर्भावस्थामा यी अवस्थाहरूबारे विशेष ध्यान दिनुपर्दछ ।

१. अवधि नपुगी शिशु जन्मिन सक्ने : सामान्यतया गर्भको पूर्ण अवधि ३९ देखि ४० सातालाई मानिन्छ । तर, विश्वभर प्रत्येक १० मध्ये एकजना शिशु गर्भ अवधि नपुग्दै जन्मिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष एक करोड ५० लाख शिशु ३७ साताभन्दा कम (प्रिम्याचोरिटी) अवधिमा जन्मिने गरेका छन् ।

यसरी मिति नपुग्दै  जन्मिएका शिशुमा विभिन्न अशक्तता देखिनुका साथै मृत्युसम्मको सम्भावना हुन सक्ने भएकाले अन्तिम महिनामा गर्भको अवस्था र खतराका लक्षणहरूबारे सजग रहनुपर्छ ।

२. मधुमेहको जोखिम : कतिपय महिलालाई गर्भावस्थामा मधुमेहको समस्या देखिन सक्छ । यस्तो प्रकारको मधुमेहलाई ‘जेस्टेस्नल डाइबिटिज’ भनिन्छ । यो समस्या गर्भवती भएको २४ देखि २८ हप्ताभित्र देखिन सक्छ ।

सीडीसीका अनुसार ६ देखि ९ प्रतिशत महिलामा गर्भावस्थामा यो समस्या देखिने गरेको छ । यसले आमालाई मात्रै नभई जन्मिने शिशुलाई समेत असर गर्न सक्ने भएकाले थाहा पाउनसाथ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

३. नियमित फोलिक एसिड/आइरन खाने : फोलिक एसिडमा हुने भिटामिन ‘बी’ले शिशुको शारिरीक संरचनाको विकासमा मद्दत पुर्‍याउँछ । आइरन चक्कीले रगतमा हेमोग्लोबिनको मात्रा बढाएर रक्तसञ्चारमा समेत सहजता पु‍र्‍याउँछ । त्यसैले गर्भावस्था अगाडि र गर्भावस्थामा यी दुई कुराहरू नियमित खानु महत्त्वपूर्ण हुन्छ ।

४. धुम्रपान र मद्यपान नगर्ने : गर्भावस्थामा मद्यपान गरेमा शिशुको भित्री तथा बाहिरी शरीरिक संरचनामा असर देखिन्छ । मद्यपानको मात्रा जति बढ्छ, त्यति नै यसको असर बढी भएको शिशु जन्मिन सक्ने सम्भावना रहन्छ । त्यसैले गर्भावस्थामा धुम्रपान र मद्यपान गर्दै नगर्नु उचित हुन्छ ।

५. खोपको मात्रा पूरा गर्ने : गर्भावस्थामा तोकिएका खोपको मात्रा पूरा गर्दा आमा र शिशु दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ । नेपालको हकमा गर्भावस्थामा टीटी खोपको दुई मात्रा दिने गरिएको छ । साथै गर्भावस्थामा दिइने खोपले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्छ ।

६. संक्रमण र अन्य रोगको जोखिमबाट बच्ने : गर्भावस्थामा सरुवा तथा संक्रमणजन्य रोगले छिट्टै आक्रमण गर्न सक्छ । त्यस्तै, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याले आमा र शिशु दुवैलाई दीर्घकालीन समस्या निम्त्याउन सक्छन् ।

संक्रमणजन्य रोगबाट बच्न घरमै सावधानी अपनाउनु र अन्य स्वास्थ्य जोखिमबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१