Aamsanchar

तमोरमा डुंगा सञ्चालन, आन्तरिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य

Author Image
मङ्गलवार, चैत २८, २०७९

पाँचथर – तमोर नदीमा माझी युवाहरुले काठको डुंगा सञ्चालनमा ल्याएका छन् । त्यहाँ घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गर्दै युवाहरूले यो डुंगा सञ्चालनमा ल्याएका हुन् ।

डुंगा पाँचथरको फिदिम नगरपालिका र तेह्रथुमको आठराई गाउपालिकालाई सिमाना छुट्याएर बग्ने माझीटारस्थित तमोर नदीमा सञ्चालन गरिन्छ । युवाहरूले फलेदोको काठबाट डुंगा बनाएका हुन् । जुन डुंगामा रङरोगन गरेर नेपाली झन्डा फहराइएको छ ।

यो डुंगा गत पुसदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । अहिले डुंगा चढ्न सार्वजनिक बिदाको दिन दुई सय र अरु दिन ५० जनासम्म स्थानीय पुग्न थालेको सञ्चालकमध्येका एक प्रकाश माझी बताँउछन् ।

त्यहाँ आउनेहरू डुंगा सयर गर्दै टिकटक बनाउने, तस्बिर खिच्ने र भिडियो बनाउने गर्छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर