Aamsanchar

यसरी फल्छ कम्युनिष्ट र जातिवाद !

Author Image
बुधवार, चैत २९, २०७९

मार्क्सले उन्नाइसौँ शताब्दीमा साम्यवाद र साम्यवादी पार्टीको घोषणापत्र जारी गर्नुभन्दा धेरै अघिदेखि नै इसाईहरूले साम्यवादउन्मुख विभिन्न अभियानहरू चलाउँदै आएका हुन् । त्यसैले क्रिष्चियनमाथि सङ्कट आइपर्दा कम्युनिष्टहरूले मैत्रीपूर्ण सहयोग पुऱ्याउने र कम्युनिष्ट सङ्कटमा परेका बेला क्रिष्चियनहरूले निर्वाध सहयोग पुऱ्याउने गरेको दृष्टान्त सर्वत्र भेटिन्छ ।

मानिसले बुझ्ने सबैभन्दा सजिलो भाषा नकारात्मकता हो, कसैलाई आलोचना या गाली गरियो भने सुन्नेहरू सबैले स्मरणमा राख्ने गर्दछन् । त्यसपछि सजिलै बुझिने भाषा ‘इमोसनल’ अर्थात् हृदयस्पर्शी अभिब्यक्ति हो । दिमागी कुरा अलिक जटिल र शुष्क हुन्छन्, तर दिल अर्थात् हृदयलाई मसिना र रसिला कुराले सजिलैसँग ‘झकझोर’ गरिदिन्छ । उच्च कोटिका र चतुर मानिसहरू दिमागले काम गर्छन् भने साधारण तहका मानिसको दिमागमै पुऱ्याउनुपर्ने सन्देश पनि हृदयमार्फत पठाउनुपर्ने हुन्छ । साम्यवादी विचारको राजनीतिकरणपछि कसैलाई शत्रु थापेर मानिसलाई उत्तेजित तुल्याउने र अभीष्ट प्राप्तिका निम्ति प्रयोग एवम् परिचालन गर्ने शैलीको विकाश गरियो । समानता र न्यायलाई लक्ष्यका रूपमा प्रस्तुत गर्दै साम्यवाद स्थापना गर्ने मूल उद्देश्यका साथ परिचालित मानिस कम्युनिष्ट नसाबाट जीवनभर उत्रन सक्दैनन्, कोही नसामूक्त भएका छन् भने त्यसलाई अपवादका रूपमा बुझ्नुपर्ने हुन्छ । कम्युनिष्टहरू साम्यवादको परिकल्पना कार्ल मार्क्सले गरेको दाबी गर्छन् । यो ‘महान्’ कार्यका निम्ति मार्क्सबाहेक अरू कसैलाई जश ९क्रेडिट० दिन पृथ्वीभरिका कम्युनिष्टहरू चाहँदैनन् ।

वास्तवमा निजी सम्पत्ति उन्मूलन र साम्यवाद स्थापनाको विचार यो जगत्मा पहिलोपटक क्रिष्चियनहरूबाट उत्पन्न भएको हो । जिसस क्राइष्टको सूत्रहरूमा आधारित भएर साम्यवाद स्थापनाको परिकल्पना जुन गरियो त्यसलाई क्रिष्चियन कम्युनिज्म भन्ने गरिन्छ । युरोपमा क्रिष्चियनहरूद्वारा पाचौँ शताब्दीमा गरिएको मज्दाक (MAZDAK) आन्दोलनलाई साम्यवादमुखी आन्दोलन भनिन्थ्यो । डिगर्श (DIGGERS) नामले चिनिने प्युरिटन धार्मिक समूहले इङ्ग्ल्याण्डमा ९सत्रौँ शताब्दीमा० निजी सम्पत्ती राख्न पाइने मान्यताविरूद्ध आन्दोलन चलाएको थियो, यो आन्दोलनलाई पनि साम्यवादउन्मुख मानिन्थ्यो । मार्क्सले उन्नाइसौँ शताब्दीमा साम्यवाद र साम्यवादी पार्टीको घोषणापत्र जारी गर्नुभन्दा धेरै अघिदेखि नै इसाईहरूले साम्यवादउन्मुख विभिन्न अभियानहरू चलाउँदै आएका हुन् । त्यसैले क्रिष्चियनमाथि सङ्कट आइपर्दा कम्युनिष्टहरूले मैत्रीपूर्ण सहयोग पु¥याउने र कम्युनिष्ट सङ्कटमा परेका बेला क्रिष्चियनहरूले निर्वाध सहयोग पुऱ्याउने गरेको दृष्टान्त सर्वत्र भेटिन्छ । कम्युनिष्टहरू धर्म मान्दैनन् भन्ने विश्वास गरिन्छ, उनीहरू औपचारिक रूपमा धर्मको वकालत पनि गर्दैनन् । तर, जहाँ कम्युनिष्ट बलिया हुन्छन् त्यहाँ क्रिष्चियनहरू संरक्षित  हुन्छन् र, कम्युनिष्टहरू सङ्कटमा परेका बेला पनि क्रिष्चियनहरूले तिनलाई दिल खोलेर सहयोग पु¥याएका अनेक दृष्टान्त भेटिन्छन् ।

सोभियत सङ्घ विघटनसँगै त्यहाँ कम्युनिष्टहरूको ब्यवस्थापन एउटा गम्भीर चुनौतीका रूपमा देखापरेको थियो । त्यसबेला भ्याटिकनसिटीले सोभियत सङ्घमा कम्युनिष्ट ब्यवस्थापनको कार्य कुशलतापूर्वक सम्पन्न गरेको हो । नेपाललगायत अनेकौँ विपन्न मुलुकमा कम्युनिष्टकै छहारीमा क्रिष्चियनहरू हुर्की(बढिरहेका छन् । मार्क्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए, युरोपमा चर्च र पोपहरू राजा र राजनीतिमाथि हाबी हुन्थे र, राज्य सञ्चालन प्रक्रियामा पोपहरूको सहभागिता अभेद्य हस्तक्षेपकारीको हुने गर्दथ्यो । त्यसैले राज्यलाई धर्मबाट अलग गर्न धर्मनिरपेक्षताको अवधारणा अघिसारिएको थियो भन्न सकिन्छ । हो, पछिल्लो समयमा यही धर्मनिरपेक्षताको प्रयोग त्यहाँ हुने गरेको छ जहाँ भिन्न धर्म(संस्कृतिको बाहुल्य रहेको छ । नेपालमा सनातनी हिन्दु तथा बौद्ध र किरात सभ्यता र संस्कृति नास गर्न धर्मनिरपेक्षताको सहारा लिइएको छ ।

संसदीय गतिविधिमा सामेल हुँदै संसदीय ब्यवस्थालाई भत्काउने, जातीय समानताको कुरा गर्दै जातिवादी भावना भड्काउने, सत्य र निष्ठाको राग अलाप्दै आफ्नो निहित उद्देश्य पूरा गर्ने जुन चरित्र कम्युनिष्टमा देखिन्छ त्यो मूलतः लेनिनको देन हो । जे–जस्ता नारा र नीति तय गर्दा पुरानो राज्य र समाज ब्यवस्था भत्कन्छ, धार्मिक र सांस्कृतिक मूल्य(मान्यता भङ्ग गर्न सकिन्छ त्यही नीति अवलम्बन गर्ने ‘क्रान्तिकारी सूत्र’ लेनिनले दिएका छन् ।

माओवादीको हिंसाकालमा मन्दिर तथा गुम्बाहरूलाई लक्षित गरेर अनेकौँ फोहोरी क्रियाकलाप भएका थिए, तर चर्चहरूको उद्घाटन र शिलान्यास कम्युनिष्ट र बामन्थीहरूबाट हुने गर्दथ्यो । दस वर्ष अगाडिसम्म १।४३ प्रतिशतमा सीमित क्रिष्चियनहरूको सङ्खङ्ख्या अहिले करिब १५ प्रतिशत पुगेको छ र, यसो हुनुमा काङ्ग्रेस, कम्युनिष्ट र राप्रपालगायतका केही दल तथा तिनका नेताहरूको मुख्य भूमिका रहेको तथ्यहरूले पुष्टि गरिरहेको छ । भारतका राज्यहरू जहाँ कुनै समय कम्युनिष्टहरू बलिया थिए त्यहाँ इसाईहरू बलवान देखिएका छन्, नेपालमा पनि कम्युनिष्टहरूको प्रभाव वृद्धिसँगै क्रिष्चियनहरू दिनप्रतिदिन मजबूत बन्दै गएका हुन् । कम्बोडियामा पनि कम्युनिष्टको प्रभाव बिस्तारसँगै क्रिष्चियानिटी ब्याप्त भएको हो ।

यसरी क्रिष्चियन र कम्युनिष्टको अटुट सहकार्यको स्थिति रहिरहेको भएपनि उनिहरू एकअर्काका स्थायी मित्र भने होइनन् । दुवैथरीले एकअर्कालाई उपयोग, प्रयोग र दुरुपयोग मात्र गरिरहेका हुन् । कम्युनिष्टहरूले क्रिष्चियनबाट अनेक अदृष्य लाभ लिइरहेका हुन्छन् भने क्रिष्चियनहरू चाहिँ कम्युनिष्टहरूबाट सधैं सूरक्षित र संरक्षित महसूस गरिरहेका हुन्छन् । सिद्धान्ततः कम्युनिष्टहरू जातिवादमा विश्वास गर्दैनन्, तर अल्पविकशित र विपन्न मुलुकहरूमा कम्युनिष्टहरूबाट नै जातिवाद प्रोत्साहित हुने गरेको पाइन्छ । हिमाली क्षेत्रमा पाइने उच्च कोटिको जडिबुटी ‘नीरमसी’ र विष ‘हरिताल’ सँगसँगै उम्रिएजस्तै जातिवादविरूद्धको सिद्धान्त र विचार बोकेको दाबी गर्ने कम्युनिष्टहरू स्थापित सभ्यता, संस्कृति, धर्म र सामाजिक मूल्य(मान्यता एवम् संरचना ध्वस्त तुल्याउन जातिवादलाई प्रोत्साहन गर्ने गर्दछन् । कुटिल एवम् झेली नाइकेका रूपमा चिनिएका लेनिनले मार्क्सवादको स्वब्याख्या गर्दै स्थापित सभ्यता संस्कृति र संरचना ध्वस्त पार्न जातिवादको सहारा लिनुपर्ने दुष्ट विचार दिएका थिए । लेनिनले राज्यसत्ता जसरी भएपनि कम्युनिष्टले लिनुपर्ने र प्राप्त सत्तालाई जसरी पनि आफ्नै कब्जामा राख्नुपर्ने कारण राज्य विलोपको सिद्धान्तसम्बन्धी पुस्तक श्रृङ्खलाहरूमा प्रकट गरेका छन् । त्यसनिम्ति के–कस्ता षड्यन्त्रको जाल बुन्न सकिन्छ भन्ने बारेमा उनले स्पष्ट गरेका छन् ।

मार्क्सको विचार कोरा सिद्धान्त थियो भने लेनिनले त्यसमा शकुनीशैलीका जालझेल थपेर सत्ताप्राप्तिलाई जिन्दगीभन्दा महत्वपूर्ण गन्तव्य बनाइदिए । लेनिनवाद भनेकै एउटा कोटिको मेकियावेलीपथ या छलकपटको सङ्ग्रह भनियो भने गलत हुनेछैन । यिनले नै संसद्को क्रान्तिकारी उपयोग गर्नेदेखि दोहोरो(तेहेरो भूमिका निर्वाह गर्ने अनेक काइदा स्थापित गरेका हुन् । संसदीय गतिविधिमा सामेल हुँदै संसदीय ब्यवस्थालाई भत्काउने, जातीय समानताको कुरा गर्दै जातिवादी भावना भड्काउने, सत्य र निष्ठाको राग अलाप्दै आफ्नो निहित उद्देश्य पूरा गर्ने जुन चरित्र कम्युनिष्टमा देखिन्छ त्यो मूलतः लेनिनको देन हो । जे(जस्ता नारा र नीति तय गर्दा पुरानो राज्य र समाज ब्यवस्था भत्कन्छ, धार्मिक र सांस्कृतिक मूल्य(मान्यता भङ्ग गर्न सकिन्छ त्यही नीति अवलम्बन गर्ने ‘क्रान्तिकारी सूत्र’ लेनिनले दिएका छन् ।

त्यसैले संसारमा जहाँ कम्युनिष्ट आन्दोलन पुगेको छ त्यहीँ जातिवादले समाजलाई नराम्रोसँग गिजोलेको पाइन्छ । चीनमा नब्बे प्रतिशत भन्दा बढी एउटै ९हान० जातिको बसोबास भएकोले जातिवादको नकारात्मक असर नपरेको अनुमान गर्न सकिन्छ । होइन भने अन्यत्र जहाँ कम्युनिष्ट आन्दोलन पुगेको छ त्यहीँ जातिवाद भड्केको छ । सन् १९५९ देखि १९७५ सम्म लाओसमा, १९६८ देखि १९७५ सम्म कम्बोडियामा, १९११ देखि १९७९ सम्म निकारागुवामा, १९९६ देखि २००६ सम्म नेपालमा, १९६५ देखि १९८३ सम्म थाइल्याण्डमा, १९६२ देखि १९९० सम्म मलेशियामा र १९७२ देखि टर्कीमा, १९८० देखि पेरुमा, १९६९ देखि फिलिपिन्समा भएका कम्युनिष्ट आन्दोलनहरूको सूक्ष्म अध्ययन गरियो भने उनिहरू कति विषाक्त ढङ्गले जातिय भड्काव पैदा गरेर आफ्नो कुत्सित आकाङ्क्षा पूरा गर्न उद्दत रहन्छन् भन्ने तत्व ज्ञान प्राप्त हुन आउँछ ।

प्रयोगसिद्ध तथ्य के हो भने कम्युनिष्टलाई कसैले सजिलै विस्थापित गर्न सक्छ भने त्यो जातिवादी अवधारणाले नै हो । जातिवादी आन्दोलन भड्किएपछि त्यसले कम्युनिष्ट पार्टीका नीति निर्णय पर्खिएर बस्दैन, देश या कम्युनिष्ट आन्दोलनमध्ये एउटा या दुवैलाई सिध्याएर मात्र जातिवादी आन्दोलनले विश्राम लिने गर्दछ । कम्युनिष्टहरू धर्म मान्दैनन् भन्ने विश्वास गरिन्छ, उनीहरू औपचारिक रूपमा धर्मको वकालत पनि गर्दैनन् । तर, जहाँ कम्युनिष्ट बलिया हुन्छन् त्यहाँ क्रिष्चियनहरू संरक्षित (प्रोटेक्टेड) हुन्छन् र, कम्युनिष्टहरू सङ्कटमा परेका बेला पनि क्रिष्चियनहरूले तिनलाई दिल खोलेर सहयोग पुऱ्याएका अनेक दृष्टान्त भेटिन्छन् ।

इथियोपियालाई कम्युनिष्टले बिजारोपण गरेकै जातीय एवम् क्षेत्रियतावादी रोगले अन्ततः विभाजन गरिदिएको हो । टर्कीमा भने माओवादीले उछालेको जातिवादी अवधारणाको सिकार माओवादी स्वयमले हुनुपऱ्यो । एकदलीय अधिनायकवादी सत्ता स्थापनाको मूल अभीष्ट पूरा गर्न माओवादीले टर्कीमा कुर्दिस्ट र तुर्कलगायतलाई अनेक ढङ्ले भड्काएर राजनीतिक र सामाजिक अस्तब्यस्तताको स्थिति उत्पन्न गराएका थिए, आखिर जातिवाद यसरी उचालियो कि त्यसको चपेटमा स्वयम् माओवादी कम्युनिष्ट आन्दोलन पनि पऱ्यो । जहाँ कम्युनिष्टको काबुमा जातीय र क्षेत्रीयतावादी आन्दोलन रहन्छ त्यहाँ उनीहरूलाई केही न केही सफलता मिलेको देखिन्छ, होइन भने कम्युनिष्टले उचालेको जातिवादी अवधारणाको सिकार देशले या कम्युनिष्ट स्वयमले बन्नुपरेको अवस्था छ ।

नेपालमा पनि जातिवादलाई उछालेर आफ्ना निम्न कोटिका उद्देश्य पूरा गर्ने प्रयास कम्युनिष्टहरूबाट हुँदै आएको हो । अनेकौँ जातीय राज्य खडा गर्ने भन्दै स्थापित सामाजिक सद्भाव र संरचना ध्वस्त गर्ने प्रयास उनिहरूबाट अहिलेसम्म पनि भइरहेको छ । पूर्वाञ्चलको एउटा प्रशासनिक एकाईलाई नामाकरण गर्ने क्रममा माओवादी कम्युनिष्टले निर्वाह गरेको दोहोरो भूमिकाले देशलाई जातीय युद्धमा धकेल्ने खतराको सङ्केत दिएको छ । कम्युनिष्टहरू पुरानो समाज र राजनीतिक ब्यवस्था भत्काउन जातिवादको सहारा लिने गर्दछन् । रोचक पक्ष के छ भने पश्चिमाहरू चाहिँ अर्काको धार्मिक सांस्कृतिक ब्यवस्था भत्काएर इसाइकरण गर्न मात्र कम्युनिष्टहरूलाई साथ दिने गर्दैनन्, त्यही अस्त्र प्रयोग गरेर कम्युनिष्ट आन्दोलन पनि सिध्याइदिन्छन् । प्रयोगसिद्ध तथ्य के हो भने कम्युनिष्टलाई कसैले सजिलै विस्थापित गर्न सक्छ भने त्यो जातिवादी अवधारणाले नै हो । जातिवादी आन्दोलन भड्किएपछि त्यसले कम्युनिष्ट पार्टीका नीति निर्णय पर्खिएर बस्दैन, देश या कम्युनिष्ट आन्दोलनमध्ये एउटा या दुवैलाई सिध्याएर मात्र जातिवादी आन्दोलनले विश्राम लिने गर्दछ । कम्युनिष्टहरू अहिले पनि सम्पूर्ण सत्ताप्राप्तिको कपटी रणनीतिक योजनाबाट मूक्त भएका छैनन् । राज्यसत्ता, संविधान र आफ्नो हैसियतलाई उपयोग गर्दै अधिनायकवादी सत्ता स्थापनाको गन्तब्य हाशील गर्न कम्युनिष्टहरू अझै कस्सिँदै छन् ।

उता नेपाललाई आन्तरिक युद्धको दुन्दुभीमा फसाएर शान्ति स्थापनाको निहुँमा सैन्य हस्तक्षेप गर्ने बाह्य चाल पनि यहाँ त्यत्तिकै सक्रिय देखिन्छ । त्यसैले देशको दुःखको मूल कारण नै बामपन्थवाद बनेको छ र, भूतपूर्व प्रजातन्त्रवादी पार्टी काङ्ग्रेससमेत बामपन्थीको मूल मतियारको भूमिका निर्वाह गर्दैछ भन्ने यथार्थलाई आत्मसात गर्दै सच्चा नेपालीहरू देशका पक्षमा उभिन विलम्ब नगर्ने हो भने नेपाल जोगिएला, होइन भने अनेक आकारप्रकारका जिलेन्स्कीहरूलाई विकल्पका रूपमा खडा गरिँदै छ । अब युक्रेन या अफगानिस्तान बन्नबाट देशलाई जोगाउन आम नेपाली जनता आफै सचेत र सङ्गठित हुनुपर्ने हुन्छ । जुन झिल्के देखापर्छ त्यसैसँग रात बिताइदिने चरित्रले सत्यको विजय गराउने छैन, समय छँदै हामी सबैलाई सद्बुद्धि प्राप्त होस्,जय मातृभूमि १

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर