Aamsanchar

मलेसियाविरुद्ध नेपालकाे लगातार दोस्रो जित

Author Image
बिहिवार, जेठ १८, २०८०

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध लगातार दोस्रो जित निकालेको छ। नेपालले घरेलु टोलीविरुद्ध २७ रनले विजयी भएको हो। १११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।  मलेसियाका लागि मिरा इस्मालीले ४४ रन बनाइन भने विनफेडले २० रनको योगदान गरिन्।

नेपाली बलर सीता रानामगर, इन्दू बर्मा र कविता कुँवरले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको थियो।  नेपालले  निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए।

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए।

नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको श्रृंखलामा नेपाल २–१ को अग्रता बनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर