Aamsanchar

आज गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ

Author Image
सोमवार, जेठ २२, २०८०

काठमाडौं : रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा सोमबार सुनुवाइ हुन लागेको हो।

 

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । यसका साथै रौतहट प्रहरी, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलगायतलाई पनि विपक्षी बनाइएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायत विरुद्ध कारबाहीको माग गर्दै दिएको जाहेरीमा कारबाही नभएपछि सर्वोच्चमा रिट दिइएको पीडित परिवारका सदस्यले जानकारी दिए। रिटमा लामो समयदेखि राज्यशक्तिको दुरुपयोग गरेर अनुसन्धान हुन नदिइएकाले ‘तत्काल अनुसन्धान गर्नू’ भनी अन्तरिम आदेश माग गरिएको छ ।

२०६३ चैतमा रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए। माओवादी र फोरमले एक ठाउँमा कार्यक्रम राखेपछि झडप भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर