Aamsanchar

 होटल द किङ्सबरीका कर्मचारीले मनाए वातावरण दिवस

Author Image
सोमवार, जेठ २२, २०८०

बिर्तामोड । आज झापाका विभिन्न स्थानमा विविध सचेतनाका कार्यक्रम आयोजना गरेर विश्व वातावरण  दिवस मनाइएको छ ।
बिर्तामोड स्थित भगवान चोकमा रहेको पाँचतारे होटल द किङ्सबरी प्रा. लि. ले पनि वातावरण दिवस मनाएको छ ।

आज (सोमबार) विश्व वातावरण दिवस २०२३ को नारा ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ ’ लाई आत्मसाथ गर्दै दिवस मनाएको हो ।
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी सचेतना फैलाउने कार्यमा सहयोग र सामाजिक उत्तरदायित्व अन्तर्गत बजार सरसफाइ कार्यक्रम गरिएको  होटलका सञ्चालक प्रकाश गौतमले बताए ।

झापाकै एक गौरवको रुपमा स्थापना भएको पाँचतारे होटल द किङ्सबरीले बेलाबखत सामाजिक कार्यमा आफ्नो उपस्थिति जनाउदै आएको छ । वातावरण संरक्षणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नारा सहित ५० बढी कर्मचारीको सहभागितामा बजार क्षेत्र सरसफाइ गरिएको होटलका अप्रेसन मेनेजर विश्वदेव ढुङ्गेलले जानकारी दिए ।

सो अवसरमा प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ भन्ने मूल नारा सहितका प्ले कार्ड, झाडु बोकेर कर्मचारीले बजार क्षेत्र सफाइ  गरेका हुन् ।

बिर्तामोडमा बढ्दो जनघनत्वको कारण फोहोर व्यवस्थापनमा चुनौती देखा पर्न थालेको छ ।  स्थानीय सरकार र सफाइ अभियन्ताले वातावरण सम्बन्धित सचेतना फैलाउने कार्य गर्दै आएपनि उक्त कार्य प्रभावकारी बन्न सकिरहेको छैन । फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा  बिर्तामोडका नागरिक समाज र व्यवसायिक प्रतिष्ठानहरूले चासो र अभियानको रुपमा लाग्न होटल द किङ्सबरीले गरेको सफाइ कार्यक्रम सार्थक रहेको स्थानीय सरोज सुवेदीले बताए ।

नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरुक हुन आवश्यक छ । वस्तुतःः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर