Aamsanchar

धाइजनमा सांस्कृतिक महोत्सव सुरु

Author Image
सोमवार, जेठ २२, २०८०

मेचीनगर  ।  झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव  सोमबारदेखि सुरु भएको छ ।
समितिले आयो, गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेपछि महोत्सव विधिवत रुपमा सुरु भएको हो ।

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तारकेश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो ।

महोत्सव संयोजक सुरेश बुढाथोकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अङ्कित सेक्युरिटी सर्भिस प्रालिका प्रोपाइटर बद्री महतलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । नरेश मोहराले स्वागत गरेको कार्यक्रमको सञ्चालन विष्णु प्रसाईँले गरेका थिए । उद्घाटनको दिन टिकट निशुल्क गरिएको थियो ।

मेचीनगर १४ मा आयोजना गरिएको महोत्सव जेठ  ३१ गतेसम्म धाइजन− दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा २० वटा बढी स्टल रहने आयोजकले बताएको छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईँले बताए । महोत्सवमा २३ गते बिन्दु  परियार र २४ गते राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने  ठेकेदार गणेश राउतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर