Aamsanchar

नेपाल र म्यानमार भिड्दै

Author Image
मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं – ए.एफ.सी यू-ट्वेन्टी महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको खेलमा मंगलबार नेपालले म्यानमारविरुद्ध खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ बजे म्यानमारको यांगोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ । म्यानमारलाई उसकै मैदानमा हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने नेपालको योजना छ । फिफा वरियतामा महिलातर्फ म्यानमार ४७ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा छ ।

छनोटको दोस्रो चरणमा समुह ‘बि’ मा नेपाल र म्यानमारसँगै चीन र चाईनिज ताइपेइ पनि छन् । चिन विश्व वरियताको १३ औं स्थानमा छ भने चाइनिज ताइपेई ३७ औं वरियतामा छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर