Aamsanchar

बालेन्द्र साहलाई धनगढीबाट शुभकामना

‘एकदमै गज्जब काम मेयर बालेन साहब ! यहाँ सबैभन्दा सुधार्नुपर्ने शिक्षा नै हो’

Author Image
सोमवार, जेठ २९, २०८०


हरेक स्कूलहरू पार्टीका कार्यालयजस्तै भएका छन् यो बेथिति सुधार्न   हजुरले सुरु गर्नुभएको देखिन्छ। तपाइबाट देशभरीकाले सिकून्। निजी स्कुलहरूमा लुट् र सरकारी स्कुलहरुमा लापरबाही अति भन्दा अति छ। शिक्षामा भैरहेका यी बेथिति देशभरी नहटे पनी काठमाडौं महानगरपालिकामा हटने छ आशा गरेका छौं। हजुरलाई शुभकामना छ। यो शिक्षा १०–१५ वर्ष आगाडि भएको भए आज युवाले खाडीमा रगत बगाउनु पर्दैन थियो होला । जे जस्तो भए नि आफ्नै देशमा स्वरोजगार भएर दुख सुख हर्ने अवसर मिल्थ्यो होला । आज सम्म देश विकासको लागि चोर अनि भ्रष्ट नेता पठाएको रहेछौ  भन्ने तथ्य आज बल्ल थाहा भो  ।  आज यो परिस्थिति हेर्दा विगतलाई सम्झिँदा कुन चै नेपाली जनताको आखामा आँसु  आँउदैन  ।  धिक्कार छ देशको ढुकुटी रित्याउने खोक्रो विकासवादी नेताहरू । शिक्षा सीपमुलक हुनुपर्छ नकी सर्टिफिकेटको रूपमा  कागजको खोस्टो। तपाईंले राम्रो सुरुवात गर्नु भएको छ। देशलाई समृद्ध, सबल, सक्षम र आफैमा आत्मनिर्भर बनाउनु छ भन्ने सर्वप्रथम शिक्षामा सुधार हुन आवश्यक छ। तपाईँबाट सबै जनप्रतिनिधिले सिकून्। पढ्नु भनेको परीक्षा मा पास हुनु र हाई ग्रेड ल्याउनु मात्र हैन, सीप छ भने जिन्दगी मा कहिले पश्चताप गर्न पर्दैन।

यो अभियान को लागि मुरी मुरी धन्यवाद मेयर साप। यो हो नि त तरिका अब महानगरभित्र रहेका तर ओझेलमा परेका साना तथा आधारभुत विद्यालयहरूमा पनि विद्यार्थीको लेबल अनुसार यस्तै किसिमका कार्यक्रमहरू सञ्चालनमा ल्याउने र यसरी नै बेला बेलामा अनुगमन गर्ने काम भयो भने, महानगरभित्रका सम्पूर्ण विद्यालयहरू नेपालको मात्रै नभई विश्वकै नमुना स्कुलको रुपमा चिनिन सक्छन्, यस्ता कार्यक्रमहरू अरु स्थानीय तहहरूले पनि सञ्चालन गर्न सके, देशको समग्र शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न सकिन्छ। शिक्षा ले मात्रै त हाम्रो देश कहाँ कहाँ पुग्न सफल भएको थियो अब झन शिक्षा सँगसँगै सीप यो त झन नयाँ र विद्यार्थी ले आफ्नो रुचि को पहिचान सजिलै गरि भविष्य मा भौँतारिन न पर्ने , बिध्यर्थी को विद्यालय जाने रुचि बड्ने र देशको विकास मा नयाँ पुस्ता ले शिक्षा सँगै सीप अत्यन्तै आवस्यक  पहल चाली राख्नु !  यो अभियान को लागि मुरी मुरी धन्यवाद मेयर साप। गजब ! प्रशंसनीय । मेयर बालेन सर शिक्षालाई प्राथमिकता दिनु भएको छ। विद्यार्थीसँग बसेर सिक्नु हुन्छ । तर ठीक उल्टो हाम्रा तिरका मेयरहरू आफैंलाई हरेक क्षेत्रका विज्ञ सर्वज्ञाता ठान्छन् । शिक्षालाई छाडेर आफूलाई बढी कमाइ हुने कामलाई प्राथमिकतामा राख्छन् । ऐनी हाउ पैसा कुमाउको नीति अँगाल्छन् ।एकदमै गज्जब काम मेयर बालेन साहब ! यहाँ सबैभन्दा सुधार्नुपर्ने शिक्षा नै हो।   हजुरलाई शुभकामना छ। पहिला नेपालको शिक्षा प्रणाली देख्दा  बच्चा बच्चि भय पछि अस्ट्रेलिया ग्क्ब् तिर पढाउन पर्छ भन्ने सोच आउँथ्यो । अहिले आइरहेको परिवर्तन देख्दा अब अस्ट्रेलिया, युएसए तिर भएका भाइ बहिनीहरू लाई पनि नेपाल तिरै आएर पढ्नुहोस् र पढाउनुहोस् भनेर अनुरोध गर्न चाहन्छु ।

हिन्दीमा भनाई छ ‘जब युवा देश मै पढेगा तो देश आसानिसे आगे बढेगा’  जय देश जय नेपाल १  राम्रो सुरुवात  तपाईँबाट सबै जनप्रतिनिधिले सिकून्। तर मेयर साप , हजुरको अनुगमन को दिन वर्षमा एक पटक मात्रै यस्ता कार्यक्रम हरू हुने अन्य दिन मा मतलब नदिने चाहिँ नहोस् !!
शुभकामना !!

✍️सुरेन्द्र बोहरा,सुदुरपश्चिम धनगढीका उद्यमी हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर