Aamsanchar

हिँड्दै थिए  दिउसो तिर (कविता)

Author Image
मङ्गलवार, जेठ ३०, २०८०

 


हिँड्दै थिए  दिउसो तिर भेट गरे उनी सँग  
मिठो हाँसोमा मन भुलाए मैले  उनी सँग   ।  
खेतबारी तिर सबैतिर हेर्न लागेको छु 
अँध्यारोमा उज्यालो बाली हेरेको छु ।।  
 
मनले भन्छु मैले उनी सँग जिस्किएर बस्नु छ
बन पाखामा फुल्ने फुलहरू सँग  रमाउनु छ ।
मन भित्रबाट  पिरतीलाई जोगाउनु छ
अब मन कि मायालुलाई खोज्दै हिँड्नु छ ।।
 
उनी सँग साइनो गाँसी बसेको छु मन भुलाई
हासेको छु सधैँ मनका पिडाहरू भुलाई  ।
पूर्णिमाको जुनको उज्यालोमा बसेर हेर्ने गर्छु
मन भुलाउन भनी नयाँ खेल खेल्ने गर्छु ।।
 
मेरो खेतको बाटो बग्छ नदी सधैँको साथी बनी
सधैँ भरी देख्न पाउ मायालुको साथमा रही ।
प्रभातको समयमा देखे मैले उनलाई
यो समयमा बोलाएको छु मेरी उनीलाई ।।
 
नजिक आएर केही कुरा भन्न थालिन उनी
लेखेका पानाहरू पल्टाउँदै गइन उनी ।
सबैको मनमा बसेकी सबैको भलो हुने काम गर्छिन्  
खुसी  थियो मन  उनको भेट्दा हाँसी रहन्छिन् ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर