Aamsanchar

‘मेयर गोपाल हमालको राजनीतिक भिजनले सबैको चेतन खुल्ने छ’

मेयर गोपाल हमाल लाई धनगढीका एक युवाको सुझाव

Author Image
शुक्रवार, असार १, २०८०

‘हाम्रो धनगढी हामी बनाउँछौं ’ अभियानमा धनगढीका सबै अध्यक्ष ज्यूहरु प्रति धनगढीवासी  जनताहरूले चाहेकोभनेको धनगढी तिव्रगतिमा विकास हो ! वडा अध्यक्षहरूले अझै बुझेको छैन जस्तो छ । अब जनताहरूले पाटीलाई होइन राम्रो इमानदारी देश विकास गरी जनताहरूलाई सेवा सुविधा र रोजगारी दिलाउने व्यक्ति चाहिएको छ ।

देशमा  छानी छानी जनताहरूले प्रतिनिधिहरू बनाउनु जरूरी छ  । कारण विगत ३२ वर्ष भोगियो देखियो पाटीका नेताहरूले दिएको झुटो आश्वासन र चुनावको बेला भोटको लागी बाँडेको पैसाले देश ,गरीब जनताहरू गरीब र बेरोजगारी हुनु बाध्य भएका छौ । अब सचेत र परवर्तन भै सकेको छौ ! जनता जबसम्म पार्टी भन्दा माथि आएर आफ्नो स्वविवेक प्रयोग गर्न सक्दैन तब सम्म  प्रश्न सोध्ने हिम्मत देखाउन सक्दैन, किनकी उनीहरूको मनमा एउटै कुराको डर हुन्छ भोलि पार्टीले हामीलाई गर्दैनकी भन्ने स्वार्थ राखेर  मुखभरि सुपारी हैन खोयाको बुचो लगाएको हुन्छ भनेर बुझ्दा हुन्छ मेयर साहब। भजन गाउने ओठ हरू भन्दा सेवा गर्ने हात हरू नै महान हुन्छन्।

सकारात्मक सोचौ , सकारात्मक बनौ, सकारात्मक कार्य गरौँ रचनात्मक सहयोग गरि समुन्नत समाज निर्माण गरौँ। सरकारको आसमा बस्ने हुनाले नै आजको दिनसम्म  धनगढीको विकास नभएको हो, विकासको नाममा राजनीति को फोहोरी खेल खेल्ने बानि परिसकेका भ्रष्टाचारी हरूलाई धनगढी बासि मात्रै नभई सम्पूर्ण देशवासीहरुले बहिष्कार गर्नु पर्छ।

आफ्नो ठाउँ आफै बनाउ भन्ने सिद्धान्तलाई आत्मसात गरि सफल र उदाहरणीय रुपमा परिचित  भएको छ,  त्यसरी नै सबैले दल र पाटी भन्दा माथि उठेर आफ्नो गाउँ, ठाउँ आफै बनाई आत्मनिर्भर बन्नुपर्छ जस्तो लाग्छ मेयर साहब ।

धनगढीमा भईरहेको विकासको गतिलाई मापन गर्नु हो भने धनगढीको इतिहास कालीन देखी लिएर अहिले सम्म कै स्पीड रहेको छ । सबै को साथ मिली रहोस् । नेपाली माटो सुहाउँदो नेपालीपन झल्कने सामाजिक सद्भाव कायम गर्दै दिगो विकासका कार्य गर्दै सामुदायिक र सामूहिक  का अगुवा, आहा साह्रै राम्रो लाग्यो ! म जस्तो भुइँमान्छेको विश्लेषणमा यदि साँच्चिकै नेपाल सुशासन युक्त समृद्धि बनाउने हो भने मेयर गोपाल हमालज्यू, सुदन किराती, हर्कराज साम्पाङ् राई , बालेन्द्र शाह, महावीर पुन, डा. सन्दुक रुइत, कुलमान घिसिङ बाहेक अरु सबै भुक्ने, रुने , कराउने पुराना पार्टीका नवअवतार हुन् ।

अन्यथा नमान्नुहोला वास्तविक तितो यथार्थ यही हो ।पार्टीहरूले अझै बुझेको छैन । आसन र भाषणमा लिप्त् मानसिक दरिद्रता भएको व्यक्तिले देश बदल्ने कसम खाएर आफू बदलिन्छ ।  जनताको सोचाइ र देशको स्वरुप नै परिवर्तन गर्न सक्छ । मौका चाहिँ दिनुपर्छ सिक्नुपर्ने व्यक्ति सदनमा र सिकाउनुपर्ने व्यक्ति सडकमा ( स्थानीय सरकारमा ) त्यसैले होला जनताले विकासको अनुभूति गर्न नपाएका ।

अवश्य एक दिन जनताले उक्त कुराको उच्च मूल्याङ्कन गर्ने छन् ।प्रदेश सरकारको काम छैन, देश चलाउने पैसा छै चारै तिर सरकार मात्र बनाएर हुन्छ  नगरkflnsf का मेयर कुशल युवा जनपक्षीय जन नेताज्यू जस्तो नेता देशको गहना हो।
देशले खोजेको र जनताले रोजेको हो मेयर गोपाल हमालज्यु को राजनीतिक भिजन ले सबैको चेतन खुल्ने छ ।

हजुरले धनगढीsf जनतालाई दिनु भएको राजनीतिक कर्म योगदान  धनगढीsf]  इतिहासमा स्वर्ण अक्षर ले लेखिने छ .  हजुर अगाडि बढ्नुहोस् . धनगढी भरिको जनता हजुर को साथमा रहनेछ । सुन्दर सफा समृद्ध धनगढीको सपना बोकेर मेयर गोपाल हमाल ज्यु, निर्वाचित भएको १ वर्ष नपुग्दै धनगढीलाई विश्वासै नलाग्ने गरेर परिवर्तन गर्नुभएको छ !
करोडौं करोड शुभकामना !  लेखक बोहरा सुदूरपश्चिम धनगढीका  युवा उद्यमी हुन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर