Aamsanchar

स्वास्थ्यलाई पर्यटन सँग जोडन झापामा पहिलो पटक ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’ हुने

Author Image
सोमवार, असार ११, २०८०

बिर्तामोड । झापामा पहिलो पटक स्वास्थ्य संगै पर्यटन कार्यक्रम ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ ।

नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एसोशियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ ( नाटा ) कोशी प्रदेश र होटल व्यवसायी संघ झापाको सह–आयोजना साथै बिर्तामोड नगरपालिका संगको सहकार्यकमा कार्यक्रम हुने भएको हो ।
आगामी असार १६ गते शनिबार बिर्तामोड स्थित आदर्श व्याङकेटमा आयोजना हुने एक दिवशिय कार्यक्रमका लागि झापाका स्वास्थ्य, होटल र पर्यटन संग सम्बन्धित ३३ वटा स्टलहरु बुकिङ भईसकेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रमका लागि हाल सम्म १२ वटा अस्पताल, ८ वटा होटल, ६ वटा आखा अस्पताल तथा क्लिनिक, ५ वटा दन्त क्लिनिक, १ वटा पर्यटन सम्बन्धी मात्र पढाई हुने क्याम्पस, १ वटा स्वास्थ्य सम्बिन्धीको स्टल बुकिङ भईसकेकोे ‘नाटा’ कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

उनले भने ‘जम्मा ५० वटा स्टलहरु रहने छन् । स्टल निशुल्क बुकिङ गर्न सकिने छ । कार्यक्रममा आउने अवलोककर्तालाई स्वास्थ्य सुविधा अन्तरगत विशेषज्ञबाट प्रेसर, सुगर, आँखाको निशुल्क परिक्षण शिविर सञ्चालन हुने र चस्मा पनि उपलब्ध गराइने छ ।’

स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालहरुलाई एकै छानामुनीबाट जानकारी प्रदान गर्ने उदेश्यले आयोजना हुने हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामबाट नेटवर्किङ अवसर, चिकित्सा सेवाहरुको प्रर्दशनको अबसर, बिरामी शिक्षा र सचेतना, व्यापार विकास र साझेदारी, नेपाललाई टुरिजम गन्तव्यको रुपमा प्रवद्र्धन, आर्थिक प्रभाव, देशको चिकित्सक सेवाहरु प्रर्दशन गर्न सहयोग बढाउने, चेतना जगाउने र भारतीय बिरामीहरुलाई आकर्षित गर्ने मञ्चको रुपमा काम गर्न सकिने, त्यसैगरी नेपालको सवास्थ्य सेवा उद्योगलाई प्रवद्र्धन गर्न र यसको आर्थिक वृद्धिमा योगदान पुर्याउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेपाल टुरिजम बोर्डका प्रवन्धक सुर्य थपलियाले बताए ।

कार्यक्रममा जिल्लाका उत्कृष्ठ हस्पिटलहरु, कोशी प्रदेशका ट्राभल्स, होटेल, होमस्टे र पर्यटन व्यवसायीहरुको स्टल रहने र सो दिन भारतको पस्चिम वंगाल र बिहारका पर्यटन व्यवसायी, पत्रकार गरि ४० भन्दा धेरैको सहभागिता रहने नाटाका महासचिव नविन खरेलले जनाकारी दिए ।

होटल व्यवसायी संघको कार्यलयमा भएको पत्रकार भेटघाटमा पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरज कट्टेल, होटल व्यवसायी संघका महासचिव शिवराज पौडेल, साइकिलिङ पर्यटन अभियन्ता आकाश श्रेष्ठलगायतले कार्यक्रमको औचित्यमाथि धारणा राखेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर