Aamsanchar

रोटरी क्लब अफ सुरुंगाले दुई थान डाइग्नोसिस मेसिन सहयोग गर्ने, नयाँ अध्यक्षमा कडेल

Author Image
शुक्रवार, असार २२, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुंगाबाट यस वर्ष दुई थान डाइग्नोसिस मेसिन सहयोग गर्ने घोषणा भएको छ ।
विपन्न वर्ग हरूलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले कनकाई नगर अस्पतालको लागि डाइग्नोसिस मेसिन (उपकरण) सहयोग उपलब्ध गराउने आज सुरुंगामा आयोजित रोटरी क्लबको तेस्रो पद हस्तान्तरण समारोहमा सन २०२३/०२४ का अध्यक्ष शिवकुमार कँडेलले यस्तो घोषणा गरेका हुन ।

कनकाई नगर अस्पतालले प्राविधिक सहित  डाइग्नोसिस सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाए उक्त डाइग्नोसिस मेसिन कनकाई नगर अस्पतालाई सहयोग स्वरुप उपलब्ध गराउन सकिने कँडेलले बताए  ।

त्यसैगरी कँडेलले आफ्नो एक वर्षे कार्यकाल स्वास्थ्य क्षेत्रमा लक्षित रहने र लागूऔषध तथा आत्महत्याको विकराल अवस्थालाई न्यूनिकरण गर्न सचेतना अभियान चलाउने प्रतिवद्धता गरेका छन् । उनले भने ‘झापाका सबै रोटरी क्लबहरुले यो अभियान चलाउन जरुरी रहेको छ ।’

स्थापनाको ५ वर्ष मा विभिन्न क्षेत्रमा सामाजिक सेवा कार्यमा क्रियाशील रहँदै आएको रोटरी क्लब अफ सुरुंगाको औपचारिक रुपमा नयाँ कार्यसमिति पदाधिकारीको पद हस्तान्तरण भएको छ ।

वर्ष सन् २०२२/०२३ का अध्यक्ष खेम प्रसाईँले आफ्नो अध्यक्ष पद शिवकुमार कँडेललाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इनटरनेशनल नेपालका निर्वतमान डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालले नव नियुक्त अध्यक्ष कँडेललाई पद तथा गोपनियताको सफल गराएका थिए ।

कार्यक्रममा अध्यक्ष कँडेलले आफ्नो बोर्डका सदस्यहरूलाई सफत खुवाएका थिए ।

वर्ष २०२३/०२४ का लागि १६ सदस्य समिति रहेको छ । आइपीपी खेम प्रसाद प्रसाई, सेक्रटरी विनिता मैनाली, ट्रेजरर खेम ओली, प्रेसिडेन्ट इलेक्ट लुभराज उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनाली, फस्ट भिपी अर्जुन बोहोरा, सेकेन्ड भिपी सरला दाहाल, थर्ड भिपी शिवकुमार गिरी, सर्जेन्ट एट आम्स् रामप्रसाद निरौला, क्लव एडमिनिस्ट्रेसन चियर टिका प्रसाद कट्टेल, टिआरएफ चियर खेम प्रसाद प्रसाईँ, सर्भिस चियर कुमारमणी पोखरेल,  मेम्बरसिप चियर सुशील कुमार श्रेष्ठ, पब्लिक इमेज चियर कमल कट्टेल, मेन्टर रेणुका मैनाली रहेका छन् ।

त्यस्तै रोट्रयाक्ट  क्लव अफ सुरुंगाको पनि पद हस्तान्तरण भएको छ । वर्ष २०२२÷०२३ का अध्यक्ष रोशन साहले वर्ष २०२३÷०२४ की अध्यक्ष सारिका गिरीलाई आफ्नो पद हस्तान्तरण गरेका छन् । अध्यक्ष गिरीले आफ्नो बोडका पदाधिकारीहरूलाई सफत खुवाएकी थिइन ।

रोट्रयाक्ट कार्यसमितिहरुमा हरिप्रसाद खरेल फस्ट भाइस प्रेसिडेन्ट, सोहन उप्रेती सेकेन्ड भाइस प्रेसिडेन्ट, दिवाकर तिवारी सेक्रेटरी, कमल न्यौपाने ट्रेजरर, रिसवसिंह चाहार जोइन्ट सेक्रेटरी, अजय उप्रेती सर्जेन्ट एट आम्स, रोशन प्रसाईँ क्लव एडमिनिस्ट्रेसन चियर, भावना गिरी सर्भिस प्रोजेक्ट चियर गरि  इन्टर नेशनल रिलेसनसिप चियर मनिला न्यौपानेरकिरण गिरी, प्रोफेसनल सर्भिस चियर अमित वंशलरकृष्ण पुरी, हेल्थ चियर दिक्षा राईरमुकेश साह, द रोटरी फाउण्डेसन चियर प्रतापबाबु जमरकट्टेल, क्लव एडमिनिस्ट्रेसन चियर मेघा कर्कररोशन प्रसाईँ, सर्भिस प्रोजेक्ट चियर प्रतिक्षा ढुङ्गेल, मेम्बरसिप चियर कृतिका पाण्डे, पव्लिकेशनअफिसर सितल पोखरेल, स्पेसल एरिया प्रोजेक्ट चियर कृष्टि खतिवडा, पब्लिक इमेज चियर सञ्जय अग्रवाल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सन्तोष रिजाल, मातृ शाखा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका संसथापक अध्यक्ष सन्तोष अग्रवाल, रोट्रयाक्ट असिस्टेन्ट गर्भनर सन्दिप चापागाँईले शुभकामना मन्तव्य राखेका थिए ।

रिसवसिंह चाहार र विनिता मैनालीले सञ्चालन गरेको कार्यक्रममा टोस्ट ज्ञापन मेनुका उप्रेती र धन्यवाद मन्तव्य डिल्ली राम मैनालीले राखेका थिए ।

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर