Aamsanchar

झापाका राजन थापा  ‘डन’ बनाउन व्यस्त

Author Image
आइतवार, असार २४, २०८०

बिर्तामोड । झापामा सानो पर्दाको नेपाली चलचित्र ‘डन’ निर्माण हुने भएको छ ।
वर्तमान अवस्थामा टोले दादाहरु डन बन्ने प्रयत्न गर्ने हुँदा समाजमा विभिन्न घटनाहरू घट्ने गरेको र डन बनेका हरूले बेहोर्नुपर्ने चौतर्फी चुनौतीहरूलाई पहिचान गरेर डन बन्न निरुत्साहित गर्ने उद्देश्यले चेतना मूलक चलचित्र ‘डन’ निर्माण गर्न लागिएको चलचित्रका लेखक÷निर्देशक रोशन राईले बताए ।

चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले शनिबार ९हिजो० बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र  ‘डन’ को बारेमा राईले जानकारी दिएका हुन ।

निर्माता राजन थापा र सह निर्माताहरूमा तीर्थ सिग्देल, मलिन राजवंशी, ज्ञानेश्वर राई रहेका छन् । कार्यकारी निर्मातामा पुजन पारस रहेका छन् ।

चलचित्र डनको मुख्य भूमिकामा  कलाकार अनिल राईले अभिनय गर्ने भएका छन् ।

त्यस्तै कलाकारहरू रस्मी थापा, चन्द्रकान्त ढकाल, राजु गौतम, खगेन्द्र बाराकोटी, उमेश चौधरी, नवराज दंगाल, रोशन राईलगायतले अभिनय गर्ने भएका छन् ।

चलचित्रको प्रस्तुतकर्ता सञ्जय राई, सहायक निर्देशन सञ्जय राईले गर्ने भएका छन् । क्यामरामा सन्तोष रानामगर, दन्द्ध निर्देशन रतन निता, कोरियोग्राफी शुनिलजंग थापा, संगीत कुमार पालुङ, गायन प्रज्ञा प्रधानको रहने छ ।

८ लाख रुपैयाँको लगानीमा बन्ने ‘बन्न’ साउन १२ गते सम्म छायांकन हुने र २ महिना पछि प्रर्दशनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर