Aamsanchar

‘बार्दली बा ले कुन दिन सीता माताको जन्म काठमाडौँको सिता पाइलामा भएको हो भन्दिन के बेर !’

Author Image
मङ्गलवार, साउन ९, २०८०

सस्तो लोकप्रियता पाउन घर, अफिस,गाडी, कार्यालयको कोठामा अखण्ड नेपाल नक्शा तस्विर राखेर, टासेर÷सीताको बहस गरेर नेपाली भुमि फिर्ता आउदैन । २ डिसेम्बर १८१५ मा भएको सुगौलि सन्धि खारेज गर्न अन्तराष्ट्रिय अदालतमा मुद्धा हालेर भारत सँग आफ्नो अधिकार खोज्नु पर्छ । उदाहरणको लागि रसियाले युक्रेनलाई गाभेर ठुलो अखण्ड रसिया बनाउन चाहेर पनि बनाउन सकेको छैन । पहिलेको सोभियत यूनियन राष्ट्रहरुसहितको अखण्ड रसिया हुन सम्भव छैन । सोभियत युनियन राष्ट्र रसियाबाट टुक्रिएर थुप्रै राष्ट्र बनेका छन् । पोल्याण्ड,माल्दोभा,रोमनिया,जर्जिया,युक्रेन आदि देशहरु अखण्ड रसिया अर्थात सोभियत यूनियन बाट अलग भएका हुन ।

यूक्रेन सँग पनि स्वतन्त्र राष्ट्र भक्ति भावना छ भने रसिया सँग पनि अखण्ड रसिया को देश भक्ति भावना छ । त्यसै कारण ठुलो जंग लडाई भईरहेको छ । माता सीता र मर्यादा पुरुषोत्तम प्रभु श्रीराम को छवि हजारौं वर्ष करोडौं पिढी तनमनमा बसेको छ । उनको एक रोमान्टिक भल्गर र आपत्ती सिन देखायर उनको छबि दुसित र सनातनिहरुको हजारौं बर्ष को जड मै आगो लाउने समेत दुस्प्रयास भयको छ । तेसैले सीता माताको जन्म बिबाद मात्रै होइन सबै सनातनि आस्थाबादी माथी नै प्रहार भयको छ । यो वा त्यो बहाना नगरी आदिपुरुष पुर्णरुप मै बन्देज गर्न जरुरी छ । चलचित्र आदीपुरुष मात्र होइन, निषेध गर्नुपर्ने त उतै राजनीतिक रुपमा जन्मिएर, हुर्किएर, नेता बनेर, दल बनेर नेपाल आउने र सधै उतैको आदेश, आशीर्वाद थाप्न दिल्ली धाउनेलाई पनि हो क्यारे !
आदी पुरुषको भ्रम पूर्ण सन्देश सच्याउन चेतावनी दिनु, नसच्चिएसम्म त्यो चलचित्र रोक्ने कुरामा पूर्ण समर्थन छ तर एउटा चलचित्रको लेखकको एउटा गल्तीलाई लिएर सबै हिन्दी चलचित्र रोक्दा त्यो न्याय संगत हुन्न कि !

हामी पुरै पर निर्भर छौं है । नक्कली र खोक्रो राष्ट्रवादको खेती चलिरहेकै छ, चलिरहने नै छ । जति अराजक भयो त्यति हाइ हाइ । भाइरल रोग व्याप्त छ । हामीलाई पनि त्यही भाइरल मात्र चाहिएको छ । नत्र कूटनीति के हो ? कस्तो हुनुपर्छ ? के गर्दा त्यसले अरू के के कुरामा असर गर्न सक्छ ? समाधान को बाटो कुन हो, के हो ? यता तिर हामीलाई सोच्न कहिले फुर्सद भयो र ! हाम्रो बुद्धिमा लागेको बिर्को खुल्ने कहिले हो थाहा छैन ।

भगवान रामको जन्म चितवनको ठोरीमा भएको हो भनेर भन्दा हामीले मज्जाले ताली बजाएको, जिन्दाबाद भनेको, राष्ट्रवादी राजनेता भनेको सम्झिएर अब बार्दली बा ले कुन दिन सीता माताको जन्म काठमाडौँ को सिता पाइलामा भएको हो भन्दिन के बेर ! नेपालमा चल्ने नै यस्तै हो, चली आएको नै यस्तै हो । तर चर्का नारा, झुटका खेती र अराजकता समाधान होइनन हामीले बुझेको यत्ति हो । सत्य तितो हुन्छ । जय राष्ट्रवाद ! –लेखक धनगढीका उद्यमी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर