Aamsanchar

मेचीनगरमा लाखे तथा ठाकठुके नृत्य प्रशिक्षण सुरु

Author Image
बुधवार, साउन १०, २०८०

तालिम आयोजक र सहभागीहरु ।

मेचीनगर ।   झापाको मेचीनगर– ६ काँकडभिट्टामा  लाखे तथा ठाकठुके नृत्य प्रशिक्षण सुरु भएको छ । नेवास् देय् दबु मेचीनगरको आयोजनामा  आज (बुधबार) देखि प्रशिक्षण सुरु भएको हो ।

आयोजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको एकहप्ते प्रशिक्षणमा मेचीनगरको १५ वटै वडाका ३० जना सहभागी छन् । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा नेवा सामुदायिक भवनमा शुरु तालिममा सहभागीलाई थर्कमान श्रेष्ठले प्रशिक्षण प्रदान गर्नुहुने छ ।

पूर्वमा सङ्कटमा पर्दै गएको नेवारी समुदायको कला, संस्कृतिलाई लोप हुनबाट बचाउँन तालिम शुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘नयाँपुस्ता आफ्नो कला, संस्कृतिबाट बेखबर छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो  ‘लाखेनाच, धिमेबाजा लगायत थुप्रै कुरा बिर्संदै गएकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षण गर्न पनि तालिम शुरु गरिएको हो ।’

प्रमुख अतिथि तामाङ ।

कोशी प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रम आयोजक संस्थाका सचिव  ललितबहादुर प्रधानले सञ्चालन गर्नु भएको थियो ।  उद्घाटन सत्रमा नेवा : देय् दवु झापा अध्यक्ष रत्न श्रेष्ठ , पासा मुना पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ , झिँगु नेवा खल धुलावारीका अध्यक्ष जीवनकुमार प्रधान, पासा मुना पुच नेवा : खल बाहुनडाँगी अध्यक्ष महिन्द्र मल्ललगायतले बोल्नु भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठ ।

उहाँहरूले प्रशिक्षणमा सहभागी सबैले तालिम पश्चात सिकेको सीपलाई व्यवहारमा कार्यन्वयन गरेर नेवार समुदायको परम्परागत संस्कृति कला र पहिचान बचाउनुपर्ने विचार राख्नु भएको थियो ।

नेवा: समाज समिति  मेचीनगर अध्यक्ष कमल गुभाजुले सहभागी सबैलाई शब्दद्वारा स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर