Aamsanchar

कोसी प्रदेश : २ सय ८१ प्रहरी कारबाहीमा, करिब दुई हजार पुरस्कृत

Author Image
शनिवार, साउन २०, २०८०

झापा- कोसी प्रदेशमा गत वर्ष २८१ प्रहरी विभागीय कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७९/०८० मा आचरणविपरीत कार्य गर्ने २८१ जना विभागीय कारबाहीमा परेका हुन्।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कारबाहीमा पर्नेमा चारजना निरीक्षक, एक वरिष्ठ नायब निरीक्षक, ९ नायब निरीक्षक र २६ सहायक निरीक्षक छन्। यसैगरी, १० वरिष्ठ हवल्दार, ६३ हवल्दार र ५२ सहायक हवल्दार कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेहरुमा १०७ जना प्रहरी जवान र ९ जना कार्यालय सहायक  छन्।

सो अवधिमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने एक हजार ९५८ प्रहरी पुरस्कृत भएका छन्। पुरस्कृत हुनेहरुमा २ वरिष्ठ उपरीक्षक, ११ उपरीक्षक, ४८ नायब उपरीक्षक र १२८ प्रहरी निरीक्षक छन्। यसैगरी १४१ नायब निरीक्षक, २ सय ५० सहायक निरीक्षक र १२५ बरिष्ठ हबल्दार पनि पुरस्कृत भएका छन्।

पुस्कृत हुने अन्य प्रहरीहरुमा  २२६ हवल्दार, ३३० सहायक हवल्दार, ५३२ प्रहरी जवान र ९ कार्यालय सहायक रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर