Aamsanchar

रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा ५ जनाको मृत्यु

Author Image
मङ्गलवार, साउन २३, २०८०

एजेन्सी –  रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको छ ।

पुर्वी युक्रेनको पोक्रोभस्क शहरमा रहेको आवासिय भवन लक्षित गरी गरिएको आक्रमणमा ३१ जना घाइते भएका छन् । घाइते हुनेमा १९ प्रहरी अधिकारी रहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो समय रुसी सेनाको कब्जामा गएको पोक्रोभस्क शहरमा युद्ध अगाडि ६० हजारको मानिसको बसोबास थियो । आक्रमणले आवासिय भवनको माथिल्लो तला, एउटा होटेल र केही पसलहरु ध्वस्त भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले ध्वस्त भएको भवनको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । बिगत दुइ महिनादेखि रुसले युक्रेनमा गरेको आक्रमणका कारण युक्रेनतर्फ ठुलो क्षति पुगेको छ ।

सोमबार मात्रै रुसले उत्तर पुर्वी युक्रेनको रक्तसंचार केन्द्रमा बम प्रहार गर्दा केही सर्वसाधारण घाइते भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)