Aamsanchar

सामुदायिक वन दिवस मनाइँदै

Author Image
बिहिवार, साउन २५, २०८०

काठमाडौं : सामुदायिक वन दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ देशैभर वृक्षरोपणसहितका विभिन्न कार्यक्रम गरी मनाउन दिवस लागिएको हो।

सामुदायिक वन उपभोक्ता महासंघले विहान काभ्रेको धुलिखेलमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार बिहान १० बजे राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन  तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोको उपस्थितिमा मूल समारोह आयोजना हुँदैछ ।

कार्यक्रममा विभिन्न सामुदायिक वनलाई गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्रदान गरिने छ। महासंघका अनुसार देशभर २२ हजार ४४५ वटा सामुदायिक वन छन्। २९ लाख घरधुरीका एक करोड ४० लाख उपभोक्ताले देशभर २२ लाख हेक्टर वन व्यवस्थापन गरिरहेको अध्यक्ष भण्डारीले बताए।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक स्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर