Aamsanchar

क्विन्टल सुन तस्करी प्रकरण : थप दुई जना पक्राउ

Author Image
शुक्रवार, साउन २६, २०८०

काठमाण्डाै – झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । उनीहरुबारे  थप विवरण आउन बाँकी छ ।  यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, तिब्बती मूलका बेल्जियममा नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ’ब्रेक शु’ मा हालेर ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन बरामद पछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गएको २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)