Aamsanchar

नेदरल्याण्ड्सलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

Author Image
शुक्रवार, साउन २६, २०८०

काठमाडौं – स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आजबाट सुरु भएको  क्वाटरफाइनलको पहिलो खेलमा साविक उपविजेता नेदरल्याण्ड्सलाई २-१ गोलले हराउँदै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले खेलको ८१ औँ मिनेटमा पेनाल्टी मार्फत् गोल गर्दै अग्रता लिएको थियो। डिबक्समा नेदरल्याण्ड्सका खेलाडीको हातमा बल लागेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।स्पेनकी मारिनोले उत्कृष्ट गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। स्पेनको अग्रता भने धेरै रहन सकेन। निर्धारित ९० मिनेटमा १-० ले अगाडि रहेको स्पेनले थपिएको समयको एक मिनेटपछिनै गोल खायो। नेदरल्याण्ड्सकी स्टेफेनी भान डेरले गोल गर्दै बराबरीमा ल्याइन।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो। र, खेलको १११औ मिनेटमा साल्मा केल्सलेले स्पेनका लागि निर्णायक गोल गरिन्।  यसपालि विश्वकपको एकै संस्करणमा स्पेनले १२ गोल गरेको छ।  उसले स्विट्जरल्यान्ड र जाम्बियाविरुद्ध समान ५–५ गोल गरेको थियो।यस्तै सेमिफाइनल प्रवेशका लागि आजै पूर्वच्याम्पियन जापान र  स्विडेन आमने सामने हुँदै छन्। यो खेल इडेन पार्कमा दिउँसो सवा एक बजे सुरु हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर