Aamsanchar

वीशम आचार्यद्वारा निर्देशित शिव भजन सार्वजनिक

Author Image
आइतवार, साउन २८, २०८०

झापाली युवा वीशम आचार्यको निर्देशन रहेको शिव भजन ‘जय शम्भु’  सार्वजनिक भएको छ । यस भजनको एरेन्ज, कन्सेप्टडाईरेक्सन बिशम आचार्यले नै गरेका हुन ।

जुन उनको पहिलो डिरेक्सन हो भने यस भजनलाई क्यामरा मा कैद विशाल थापाले गरेका हुन । ज्वाला राई को सम्पादन रहेको यस भजनले सबैको मनभित्रको भगवान शिवजी लाई जगाउने छ भन्ने कुरामा ढुक्क छन् डिरेक्टर वीशम आचार्य ।

भगवान शिवजीको महिमाले भरिएको यस भजनमा अर्विन धिताल को शब्द रहेको छ भने  गायक तथा संगीत प्रदिप ढकालको  छ । 

मण्डला थिएटर को सुरुवाती देखी कलाकार दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल सँगै सहकार्य गर्दै आएका निकै अब्बल कलाकार बिकाश जोशी को मुख्य अभिनय रहेको यस भिडियोमा नव कलाकार सुमन देवकोटा को पनि राम्रो प्रस्तुति देख्न सकिन्छ ।  

भिडियो हेर्नुहोस् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर