![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/InShot_20230815_090822875.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डाै – बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको छ ।
सीआईबीले अस्ति आइतवार पौड्यालसँग बयान लिएको हो । सरकारी जग्गामा नक्कली मोही खडा गर्ने निर्णय प्रक्रियामा सामेल भएको आरोपमा अस्ति बेलुका कार्यालयमै बोलाएर बयान लिएको र आवश्यक परे फेरि बोलाउने सीआईबीले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
पौड्यालले बयानका क्रममा जग्गा हिनामिना गर्ने आफ्नो नियत र उद्देश्य नरहेको, तलबाट आएका फाइललाई मन्त्रिपरिषदमा पेस गर्ने र मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न मन्त्रालयलाई पठाउनेबाहेक आफू संलग्न नरहेको जवाफ दिनुभएको छ । उहाँले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकमा समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजाने प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि २०७६ मंसिर १५ मा पनि सीआईबीले चीनका लागि नेपाली राजदूत रहेकै बेला उहाँलाई यसबारे सोधपुछ गरेको थियो । सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ ।
सङ्गठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महलका दफाअन्तर्गत उहाँहरुलाई बयानमा बोलाउन लागिएको हो । गएको असार १२ मा ललिता निवास जग्गा प्रकरणका केही आरोपितलाई पक्राउ गरेर अघि बढेको अनुसन्धानलाई सीआईबीले आउँदो भदौ पहिलो हप्ताभित्र पूरा गरिसक्नुपर्ने हुन्छ ।
सङ्गठित अपराधको कसुरमा आरोपित पक्राउ परेपछि अनुसन्धान गर्न प्रहरीलाई अधिकतम ६० दिनको समय हुन्छ । सर्वोच्च अदालतले साउन २१ मा निर्णायाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।
यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सीआईबीको हिरासतमा रहेका छन् ।