Aamsanchar

कोशी प्रदेशको एक भर्जिन गन्तव्य

Author Image
बिहिवार, साउन ३२, २०८०

पोखरीको डिलमा प्राकृतिक आनन्द लिदै नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बास्कोटा ।

प्राकृतिक सौन्दर्य, धार्मिक, जैविक तथा सांस्कृतिक महत्त्व बोकेको तिम्बुङ पोखरी पूर्वी नेपालको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साबिकको कालिखोला गाविसमा पर्छ । ४४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर दक्षिण लम्बाई र १५४ मिटर पूर्व–पश्चिम चौडाइ रहेको छ । धार्मिक आस्था केन्द्र अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन ।

सम्भवतः कोशी प्रदेशको सबैभन्दा सुन्दर र भर्जिन गन्तव्य हो, तिम्बुङ पोखरी । यो पोखरी धार्मिक र प्राकृतिक दुवै कोणमा महत्त्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो । यो पोखरीबाट सिक्किम नजिकै छ । असार देखी श्रावण सम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी हिउँ पर्ने बेलामा हिउँले ढाकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर