Aamsanchar

सीपले आत्मनिर्भरता मात्र होइन आत्मसम्मान पनि बढायो

Author Image
मङ्गलवार, भदौ ५, २०८०

 मेचीनगर ।  बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन् उत्तिकै आत्मसम्मान पनि छ । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउने जस्ता तालिम मात्र नगरका वर्षेनी एकसय भन्दा बढी महिलाले लिने गरेका छन् ।

कपडा तथा रेग्जिनका व्याग झोला बनाउने आधारभुत तालिम एकमहिने र ‘एडभान्स’ तालिम १५ दिने लिए पछि अहिले धिमालले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकाको प्राविधिक सहयोगमा ‘लिजा एण्ड एमी व्याग झोला लघु उद्यम ’ नै सञ्चालन गर्नुभएको छ । जहाँ कपडा तथा रेग्जिनका व्याग झोला तयार गरिन्छ । यो उद्योग सञ्चालमा ल्याएदेखि उहाँमा आत्मानिर्भर मात्र होईन् आत्मासम्मान पनि बढेको छ । धिमाल त एक उदारणीय पात्र मात्रै हो । नगरपालिकाले सञ्चालन गरेको विभिन्न सिप मुलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफै उद्यम स्थापना गरेकाछन् ।

आफै उद्यम सञ्चालन गर्ने सोचका साथ धिमालले घरदेखि थोरै पर लिजा एण्ड एमी कपडा तथा रेग्जिनका व्याग झोला बनाउने सिलाई कटाई पसलको स्थापना गर्नुभएको छ । वार्षिक दशहजार रुपैयाँ घरभाडा तिर्नुहुन्छ । ४५ हजार रुपैयाँबाट शुरु गरेको व्यवसाय अहिले करीव ८० हजार रुपैयाँमा पुगेको छ । सिप मुलक तालिम पछि आफ्नै खुट्टामा उभिन सफल हुनुभएको बताउनुहुन्छ । एउटा आत्मनिर्भर व्यवसायका लागि सीप सिक्न सिलाई कटाई तालिम अवधिमा गरेको मेहनतले लक्ष्मीलाई उत्कृष्ट प्रशिक्षक र सक्षम व्यवसायी बनाएको छ । उहाँ अहिले करीव ५ जनाल प्रशिक्षार्थीलाई कपडा तथा रेग्जिनका व्याग झोला बनाउने सिप सिकाउनु पनि हुन्छ । जस्ले उहाँको आर्थिकरुपमा सहयोग पुगेको छ । उहाँको पसलमा कपडा तथा रेग्जिनका व्याग झोला तयार गरिनुका साथै अर्डर अनुसारका व्याग झोला तयार गर्नुका साथै सिलाई कटाई सम्बन्धि सवै काम गरिन्छ ।

यो लगनशीलताले सीपमा आएको निखारता, अहिले स्थानीय तहमा बढ्दै गरेको जनघनत्व चाँहि लक्ष्मीको कमाईको राम्रो श्रोत बनेको बुझाई छ । सिलाई कटाई व्यवसायले आफूलाई लाउनखान पुगेको छ ।‘मैले सिलाई कटाई पेसा बाहेक अरू केही पेसा व्यवसाय गरेको भए यति सन्तुष्टी पाउन सक्ने थिइनँ होला ।’ लक्ष्मीले भन्नुभयो ।

जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरूले तालिमपछि व्यवसाय गरेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । महिलालाई आत्मनिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता महशुस गरी स्थानीय सरकारले व्यवसायिक रुपमा लाग्ने गरी बेलाबखत तालिम सञ्चालन गर्ने गरेको उपप्रमुख उप्रेतीको भनाई छ । सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई उपप्रमुख उप्रेतीले आग्रह गर्नुभएको छ ।

महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो समेत खुल्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । उहाँले कृषि, पर्यटन, धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्ने दिशातर्फ स्थानीय नगर सरकार अघि गाडि बढेको स्पष्ट पार्नुभयो । सिलाई कटाईलगायत अन्य तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन्, केहीले त आफ्नै व्यवसाय शुरु गरेको पाइएको छ’ कपडाको झोला बनाउने तालिमकी प्रशिशक्षक एवम् उद्यम विकाश सहजकर्ता गंगा सोरेनले भन्नुभयो ‘हामीले तालिम दिएका प्रशिक्षार्थीहरुले दुईचा पैसाका लागि अर्काको मुख ताक्नु नपरेको र आत्मनिर्भर सहित आत्मसम्मान बढाउँन सहयोग पुगेको छ, यो उहाँहरुले गरेको कामबाट पुष्टी भएको छ ।’ नगरपालिकाले एकल महिला, दलित, पिछाडिएको बर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सिप मुलक तालिम दिने गरेको छ । विभिन्न प्रकारका सिप मुलक तालिम दिएर नगरभित्रका युवतीहरुलाई आत्मनिर्भरको बाटोमा हिडाएको नगरपालिकाको दाबी छ । सिलाई कटाईतालिमबाट विशेष गरी महिलाहरु बढी लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर