Aamsanchar

एसिया कपकाे तयारीमा रहेकाे नेपाली क्रिकेट टिमले गर्‍यो पशुपतिनाथको दर्शन

Author Image
मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पाकिस्तानमा हुने तालिका रहेको एसिया कपअघि हाल प्रशिक्षणमा रहेको नेपाली टिम मंगलबार मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेको हो ।

अगस्ट ३० देखि सुरु हुने एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगित ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको छ ।

जसअनुसार प्रतियोगिताका चार खेलहरु पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल घरेलु टिम पाकिस्तान र भारतसँगै समूह ‘ए’मा छ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ । अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ ।

नेपालले विश्व च्याम्पियन बनिसकेका भारत र पाकिस्तानसँग पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल्न लागेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर