Aamsanchar

नेपालद्वारा हङकङ छ विकेटले पराजित

Author Image
मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं : चार देश सम्मिलित महिला टी-२० आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई छ विकेटले पराजित गरेको हो। जितका लागि ८५ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रनको योगदान दिइन्। उनले पाँच चौका प्रहार गरिन्। त्यस्तै पूजा महतोले १६ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले १०, इन्दु बर्माले नौ तथा सीता रानामगरले तीन रन जोडिन्।

हङकङका लागि बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मर्याम बिबी र क्यारी चानले समान एक-एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो। हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रनको योगदान दिइन् भने डोरोथिया चानले १६ रन बनाइन्।

ओपनरद्वय यस्मिन दस्वानी र मारिको हिलले समान छ-छ रन बनाइन् भने मार्याम बिबीले नौ रन जोडिन्। त्यसैगरी ही यिङ चिउङले चार, सन्जिन सहजादले दुई तथा रुचिथा बेङ्कटेसले एक रन बनाइन्। मे वाई सू दुई रनमा अविजित रहिन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सीताराना मगर एक्लैले पाँच विकेट लिइन्। त्यसैगरी इन्दु बर्माले दुई विकेट लिँदा रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान एक-एक विकेट लिए।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत छन्। यही अगस्ट ३१ तरिखदेखि ९ सेप्टेम्बरसम्म मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी-२० सिरिज सञ्चालन भएको हो। नेपालले आफ्नो दोस्रो खेल भोलि कुवेतसँग खेल्ने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर