Aamsanchar

अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले आगमन अनुमति नदिँदा नेपालको पर्यटन क्षेत्रमा असर

Author Image
बुधवार, भदौ ६, २०८०

मेचीनगर।  कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प थियो । ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी ९लकडाउन० लम्बिएपछि देशभरका होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा दिए । पछिल्लो समय कोभिड विस्तारै नियन्त्रणमा आए पनि पूर्वका पर्यटन व्यवसायी  र पर्यटकीय स्थल पुरानै लयमा अझै पनि फर्किन सकेका छैनन् ।

नेपाल प्रवेशको सुदूरपूर्वको द्वार काँकरभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याङ्कीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली  विद्यार्थी तथा भुटानी बाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा आगमन अनुमति ० नदिएका कारण पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।

कोभिडका कारण नेपाल तथा भारतीय पक्षले आवतजावतमा कडाइ गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकलाई नेपालतर्फ कुनै समस्या नभएको, निर्वाध रुपमा नेपाल घुम्न सक्ने अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईले जानकारी दिनुभयो । कोभिड महामारीका कारण नेपाल घुम्न लगाइएको रोक पछि कोभिड विरुद्धको खोप लगाएपछि खोप कार्डका आधारमा क्रमश सहज भएपनि अहिले नेपाल सरकारले कोभिड विरुद्धको खोप खोप कार्ड अनिवार्य नगरेको कार्यालय प्रमुख भट्टराईको भनाई  छ । तर, पूर्वीनाकाहुँदैं पैदलमार्ग भएर आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञा आगमन अनुमति नदिदाँ त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको नेपाली पर्यटन व्यवसायीहरूको भनाई छ ।

यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरूको औपचारिक तथा अनौपचारिक रुपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यागमन कार्यालयले प्रवेशाज्ञा आगमन अनुमति नदिएको बताईएको छ । ‘कोभिड पछि भारतीय अध्यागमन कार्यालयले तेस्रो मुलुकका सम्पूर्ण नागरिकहरूलाई आउने र सबै भिसा दिन बन्द गरेको छ ’ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्रेष्ठले भन्नुभयो —‘कोभिडको असर क्रमश नियन्त्रणमा आएर सहज बनेपछि भारततर्फको नाकालाई सहजका लागि पहल गरिदिनको लागि कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयमा समेत आग्रह गरियो तर, समस्या ज्यू का त्युँ छ ।’

नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर संस्थाले यो समस्याका बारेमा समेत जानकारी गराएको निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समेत यो विषयमा जोडदार छलफल भए पनि समस्याको समाधान हुन नसकेको बताईएको छ । दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटक पटक यस विषयमा जानकारी गराइएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस विषयमा भारतीय सञ्चारकर्मीहरूलाई समेत जानकारी गराईको छ । समस्याको समाधान नभएको पर्यटन व्यवसायीहरूको भनाई छ ।

पूर्वी नाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बंगलादेशी पर्यटकहरूको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको भनाई छ । समाचार सूत्रका अनुसार ‐ओसिआई० ओभरसिज सिटिजन अफ इन्डिया–प्रवासी भारतीय नागरिक कार्ड० भएका हरुमात्र भारतभूमि भएर पैदल मार्गहुदैँ नेपाल आउने गरेका छन्‌ । विदेशीले काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमा लगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशका महासचिव ९नवराज०० नवीन खरेलको भनाई छ । अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए ।

आठ महिनामा काँकरभिट्टा नाका भएर ९,५६४ जना पर्यटकले आवतजावत गरे

अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईका अनुसार सन् २०२३ को जनवरी १ देखि २०२३ अगस्ट २२ तारिख वा मङ्गलबारसम्म काँकरभिट्टा नाका भएर २१ वटा देशका ९ हजार ५ सय ६४ जना पर्यटकले आवतजावत गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार यो अवधिमा ३ हजार ४ सय १४ पुरुष र १ हजार ७ सय ८३ महिला गरी ५ हजार १ सय ९७ जना पर्यटक काँकरभिट्टा नाका भएर नेपाल घुम्न आएका थिए ।  नेपाल भित्रिनेमा सबैभन्दा बढी २ हजार ४ सय १७ पुरुष र ९ सय ५१ महिला गरी कुल ३ हजार ३ सय ६८ जना नेपाली छन् । दोस्रोमा १ हजार ७ सय २९ जना भुटानी नागरिक नेपाल आएका छन् । जसमा ९ सय ३६ जना पुरुष र ७ सय ९३ जना महिला छन् ।

अष्ट्रेलियाबाट ७ पुरुष र ५ महिला गरी कुल १२ जना, बङ्गलादेशबाट १० पुरुष र २ महिला गरी कुल १२ जना क्यानडाबाट ३ पुरुष र ४ महिला गरि कुल ७ जना, चीनबाट २ जना पुरुष, फिनल्याण्डबाट २ पुरुष र १ महिला गरी ३ जना, भारतबाट १३ पुरुष र ३ महिला गरि १६ जना, नेदरल्याण्डबाट ३ जना पुरुष, फिलिपिन्स, रसिया, सिंगापुर र थाइल्याण्डबाट एक एकजना  महिला , दक्षिण कोरियाबाट ३ जना महिला, युकेबाट ६ पुरुष ५ महिला गरी कुल ११ जना, युएसएबाट १४ पुरुष तथा १२ महिला गरी २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।

यसैगरी सोही अवधिमा २ हजार ८ सय ९३ पुरुष र १ हजार ४ सय ७४  महिला गरी कुल ४ हजार ३ सय ६७ जना काँकरभिट्टा नाका भएर बाहिरिएका छन् । बाहिरिनेमा पनि सबैभन्दा बढी नेपाली १ हजार ७ सय ५४ पुरुष र ५ सय ४५ महिला गरी २ हजार २ सय ९९ जना छन् । १ हजार ९ पुरुष तथा ८ सय ७३ गरी कुल १ हजार ८ सय ८२ जना भुटानी नागरिक बाहिरिएका छन् ।

समाचार स्रोत भन्छ —‘भारतीय भूमिहुदैँ नेपाल जाने तथा नेपालबाट भारततर्फ आवतजावत गर्ने पर्यटकहरूमा ९ओसिआई – ओभरसिज सिटिजन अफ इन्डिया प्रवासी भारतीय नागरिक कार्ड० भएका हुनुपर्छ । यो कार्ड विना भारतीयपक्षले यस्ता पर्यटकलाई अनुमति नै दिर्दैन् ।’ सिरिया, अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथियोपिया, क्याम्ब्रन, सोमालिया, प्यालेस्टाइन, स्विट्जरल्याण्ड १२ मुलुकका पर्यटनबाहेक बाँकीलाई अध्यागमन कार्यालय काँकरभिट्टाले नेपाल प्रवेशको भिसा दिने गरेको कार्यालय प्रमुख भट्टराईको भनाई  छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर